logo
  • सोमबार, असोज १२ २०८३

 बस दुर्घटनामा दुई जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क माघ ८,सर्लाही – पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

दाङबाट काँकडभिट्टा तर्फ गइरहेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैँ अनियन्त्रित भएर पल्टिँदा बसमा रहेका ३० जनामध्ये दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङ राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया रीता चौधरी रहेका छन् ।

घाइते मध्ये चालक सहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज पठाइएको छ । अरु तीन जनाको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।

नौ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसमा रहेका बाँकी ११ जना यात्रु सकुशल रहेको सर्लाही प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend