साझा नेटवर्क
साझा नेटवर्क ,गंगा भण्डारी,वुटवल ८ माघ -पत्रकार विद्यार्थी संगठन नेपालले अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १३ र १४ को सिमानामा पर्ने प्रभाकर माध्यमिक विद्यालयमा न्यानो सुइटर बितरण गरेको छ । कक्षा १ देखि १० सम्मका गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई वर्गिकृत गरि ४० जनालाई सुईटर वितरण गरिएकोहो।
चिसो मौसम संगै न्यानो अनुभुतिका साथ विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सुरक्षित अनुभव हासिल गर्न ,गरिब,तथा विपन्न वर्गहरुलाई न्यानो आभासबाट वन्चित हुन नपरोस्,साथै जाडोबाट गरिव,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आई नियमित शिक्षा लिने बाताबरणबाट वन्चित नहुन भन्ने उदेश्यले कार्यक्रम गरिएको संगठन अध्यक्ष तथा प्रमुख अतिथि मुक्ति गैरेले बताएका छन् ।
साथै उनले राज्यले सुरक्षित न्यानो आवासको जिम्मेवारी लिनुपर्ने पनि बताए ।
उनले पत्रकारहरुले सत्य,न्याय,यर्थाथ पत्रकारिता गरेर यस्ता उत्पिडित क्षेत्रहरुमा लुकाईएका,लुकेका समुदायको स्तरवृद्दि गर्न न्यायोचित पत्रकारिता गर्न जोड दिनुपर्ने बताए ।
पत्रकारिताको नाममा वानसाईड पत्रकारिताले पित पत्रकारिता मौलाएको भन्दै यसबाट सम्पूर्ण पत्रकारहरु सचेत हुन समेत उनले अपिल गरेका छन् ।
यस्तै कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष दुर्गा बहादुर विसिले पत्रकार विद्यार्थी संगठनले छोटो समयमा निकै उल्लेखनीय कार्य गरेको बताए ।
उनले गरिब,तथा विपन्न वर्गहरुलाई न्यानो आभासबाट वन्चित हुन कसैलाई नपरोस् भनि अर्घाखाँचीमा पहिलो पटक यस्तो कार्यक्रम ल्याएकोमा धन्यवाद दिए ।
प्र।अ श्यामबहादुर विसि,स्वास्थ्य चौकिका प्रमुख राम प्रसाद खनाल,वडा कार्यलय सचिव आनन्दलाल कडेल,महिला शिक्षिकाका तर्फबाट तुलसा विसि,पशु स्वास्थ्य प्रमुख रामु आचार्य,अभिभावक प्रतिनिधि रिशिराम विसि,सिमलपानि प्रहरी चौकिका प्रमुख टेकबहादुर ठाडा लगायतले सुभेच्छा,सुभकामना सहितको धन्यवाद मन्तव्य राख्नु भएको थियो ।
पत्रकार विद्यार्थी संगठनका कपिलवस्तु जिल्ला अध्यक्ष राधा पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रम अनिता क्षेत्रीको संचालनमा सप्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend