साझा नेटवर्क
मधुसुधन पाण्डे, गुल्मी माघ ७ ।
आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी गुल्मी शाखाद्वारा मृत्यु दावि रकम हस्तान्तरण गरिएको छ।जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न ३ खत्रीटोलकी हरिकला सार्कीको ४६ बर्षको उमेरमा जण्डिसको कारणले २०७७ असोज २७ गते निधन भएको थियो।

सार्कीले करिव १८ महिना अघि रु १ लाख ७० हजार बराबरको विमा गर्नुभएको थियो।उहाको दुखद निधन भएपछि आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी गुल्मी शाखाले मृत्यु दावि भुक्तानी रकम १८१९०० ( अक्षरुपी एक लाख एकासी हजार नौ सय रुपैया) को चेक मृतकको घरमै पुगेर मृतक हरिकलाका छोरा तथा बुहारीलाई हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण गर्न गल्मी शाखा प्रमुख खुमलाल अर्याल एजेन्सी मेनेजर रमेस नेपाली, मिना नेपाली तथा वडा सदस्यहरुको उपस्थिति रहेको शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend