साझा नेटवर्क
साझा नेटवर्क ,काठमाडौँ माघ ३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन अवस्थामा रहेका बेला कुनै न्यायाधीश लाई नभेटेको प्रष्टीकरण दिएका छन् ।
नेकपा (ओली समूह) को प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले चार न्यायाधीशलाई भेटेको भन्दै गलत प्रचार गरिएको दाबी गरे ।
उनले न्यायाधीशहरु लाई भेटेको प्रमाण देखाउन समेत चुनौती दिएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै शुक्रबार प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा निवेदक मध्येकी शशी श्रेष्ठले उक्त आवाज उठाएकी थिइन् ।
उनले केही विषय नपाएपछि मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाइएको छैन भनेर टिप्पणी गरेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend