logo
  • सोमबार, असोज १२ २०८३

तरकारी लिन घरमै गाडी पुगेपछि…


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी माघ ०१ ।
मंगलबार बिहान करिब ८ः३० बजे । गुल्मीको रेसुङ्गा नगरपालिका –१० सिमिचौरकी भगभता कुँवर हातमा खुर्सानी लिएर सिमिचौरको बासखर्क भन्ने स्थानमा आइन । त्यहाँ उनको खुर्सानी लिन रेसुङ्गा नगरपालिकाको गाडी पुगेको थियो । खुर्सानी जोख्दा आधा केजि भयो ।

नगरपालिकाले तोकेको दरअनुसार आधा केजि खुर्सानीको उनले ७० रुपैँया पाउने भइन् । खुर्सानी, केराउका मन्टा, रायो साग, पिडालु लगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ । उनले भनिन्, तरकारीको रकम पनि केही दिनपछि घरमै आउछ ।’ यहि हिसाबले आफुहरुले तरकारी बिक्रि गरे मासिक पाचँ हजारसम्म आम्दानी हुने उनको भनाई छ ।

घरमा भएको सबै कृषि उपज नगरपालिकाले खरिद गरिदिदा एकातर्फ कहिल्लै विक्रि नहुने तरकारी बिक्रि भएको र अर्कोतर्फ आम्दानीको राम्रो स्रोत भएको उनले बताइन् । श्रीमान रोजगारीको लागि विदेशमा भएपनि घरमा आफु र छोरीको खर्च चलाउन श्रीमानको आश गर्नुनपर्ने उनको अनुभव छ । नगरपालिकाको गाडी नआए आफु डोकोमा बेच्न नहिड्ने भएकोले पनि थप सुविधा भएको उनले बताइन् ।

भगभता मात्र होइन्, सोही ठाउँकै मिना पाण्डे पनि नगरपालिकाले उत्पादित सबै कृषि उपज खरिद गरिदिने भएपछि खुसि छिन् । गाडी आउदा प्रत्येक पटक थोरै भएपनि तरकारी विक्रि गर्ने र त्यसबाट घरखर्च चलाउन सहज भएको उनको बुझाई छ । ‘पहिले पहिले एक पाउ तरकारी बोकेर बजारमा बेच्न जाने थिएनम् ।

उनले भनिन्, ‘अहिले गाउँमा आएको गाडीले जति थोरै वा धेरैपनि तरकारी लैजान्छ ।’ पिडालुलाई प्रतिकेजि ५०, अदुवालाई प्रतिकेजि ९० रुपैँयामा बिक्रि हुने उनले बताइन् । पिडालु, गिठाजस्ता कहिल्लै बिक्रि नहुने तरकारी र फलफुलजन्य उपज पनि नगरपालिकाले खरिद गरिदिदाँ आफुहरु खुसि भएको उनले बताइन् ।

कुँवर र पाण्डे त प्रतिनिधिमुलक पात्र मात्रै हुन् । रेसुङ्गा नगरपालिकाले हाटबजार संचाल गरी कृषकले उत्पादन गरेका कृषि उपजको बजारको ग्यारेन्टी गरेपछि कृषकहरु लाभाम्बित भएका छन् । नगरपालिकाले ०७६ बाट हाटबजार सुरु ग¥यो । तर कोरोना माहामारी सुरु भएसँगै गत चैतबाट बन्द भएको थियो ।

त्यसको नौ महिनापछि गत पुष बाट हाटबजार संचालनमा आयो । जसले गर्दा कृषकहरुले उत्पादन गरेको कुनै पनि कृषि उपजको बजारको ग्यारेन्टी भएको छ । नगरपालिकाले समय मिलाएर रेसुङ्गा नगरपालिकाका वडा नम्बर ४ अर्खले, १० सिमिचौर, धुर्कोट गाउँपालिका तथा अर्घाखाँचीको ढिकुरासम्म पुगेर कृष उपज संकलन गरी हाटबजारमार्फत बिक्रि गर्छ ।

नगरपालिकाभन्दा बाहिरका कृषकहरुलाई तत्कालै र नगरभित्रका कृषकहरुलाई तत्कालै वा केही दिनपछि भुक्तानी दिने गर्दछ ।
बाँसखर्ककै सुमित्रा पाण्डेका श्रीमान वैदेशिक रोजगारीमा छन् । घरमा दुई छोरी आफुको खर्च तरकारी बिक्रिबाटै जुटाउने उनले बताइन् । पहिले–पहिले डोकोमा बोकेर बजारसम्म तरकारी बेच्न हिड्ने पाण्डेको घरमा अहिले तरकारी लिन घरमै गाडी आउछ ।

जसले गर्दा समयको बचत, सबै तरकारी बिक्रि भएको तथा तत्काल भुक्तानी पाइने जस्ता फाइदा रहेको उनले सुनाईन् । ‘निर्वाचनमा नेताहरुले भोट माग्दा आश्वासन देखाएका थिए, तर विश्वास लागेको थिएन ।’ उनले भनिन्, ‘अहिले नसोचेको काम स्थानीय सरकारले गरेको छ ।’ यसरी तरकारी खरिद गर्न नगरको गाडी टोल–टोलमै पुग्छ भन्ने आफुले कहिल्लै नसोचेको बताइन् ।

डोकोमा बोकेर तरकारी लैजादा व्यापारीहरुका अनेक थरिका भनाई सुन्नुपरेपनि अहिले सम्मानजनक रुपमा तरकारी बिक्रि हुने र उत्पादन गर्न हौसला मिलेको उनको अनुभव छ । स्थानीय ५१ बर्षिया खेत बहादुर कुँवरले तरकारी खेतीको लागि पानीको समस्या भएको बताए । पानी भए आफुहरुले जति पनि तरकारी उत्पादन गर्ने बताउँदै उनले सिँचाईको व्यवस्था मिलाइदिन आग्रह गरे ।

कृषहरुले उत्पादन गरेको कृषि र कृषिजन्य सामग्रीहरुलाई हाबजारमार्फत उपभोक्तासम्म पु¥याउने उदेश्यले रेसुङ्गा नगरपालिकाले हाटबजारको संचालन गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार तम्घास चारिखोलामा रहेको हाटबजार प्रत्येक दिन दिउँसो १ बजेपछाडी संचालनमा आउछ ।

हाटबजारमा अहिले विभिन्न स्थानमा उत्पादन भएका स्थानीय तरकारीजन्य सामग्रीहरु खरिद बिक्रि हुन्छ । लोकल कुखुरा, लोकल अण्डा, प्याज, टमाटर, गाजर, आलु, पिडालु, अदुवा, बन्दागापी, गाजर, धनिया लगायतका ३३ प्रकारका स्थानीय उत्पादन पाइन्छन् । तरकारीको दर प्रत्येक दिन फरक–फरक हुन्छ ।

औषतमा सागको मुठा तीन रुपैँया, अदुवा प्रति केजि ९०, टमाटर प्रति केजि ५५ , प्याज प्रति केजि ८० लगायतको दरमा खरिद तथा बिक्रि भइरहेको कृषि शाखा प्रमुख पन्थीले बताए । हाटबजारमा तरकारी किन्न पुगेकी रेसुङ्गा नगरपालिका १ की आरुसी खनालले हाटबजार संचालन हुँदा आफुहरुलाई सहज भएको बताइन् ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले हाटबजारलाई थप व्यवस्थित बनाउन जिल्ला तथा जिल्ला बाहिरका पालिकाहरुसँग समन्वय भइरहेको जानकारी दिए । कृषि र पशुपालनमार्फत रोजगारको सिर्जना गर्ने लक्ष्य लिएकोले नगरपालिकाले आवश्यव लगानी गने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend