logo
  • सोमबार, असोज १२ २०८३

विश्व हिन्दु महासंघले २९९ औं पृथ्वी जयन्ती भव्य रुपमा मनाउने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं पुस २२ ।

विश्व हिन्दु महासंघले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९९ औ जन्मजयन्ती भव्य रूपमा मनाउने निर्णय गरेको छ । दिवसको पूर्व सन्ध्यामा महासंघद्वारा बुधबार राजधानीमा अायाेजित प्रवचन गाेष्ठीमा यहीँ पाैष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सम्पुर्ण ओमकार परिवारले हर्षाेल्लासका साथ मनाउने जानकारी दिईएको हो । दिवशका अवसरमा माल्यार्पण तथा दीप प्रज्वलन लगाएतका कार्यक्रम गरिनेछ्न । विक्रम सम्वत् १७७९ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्रका रुपमा गोर्खा जिल्लामा पृथ्वी नारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कारेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो । तर, गणतन्त्र पछि सरकारले पुथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिदिएको छ । गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए ।

उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ को जनआन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो । माओवादीको दबावमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले पृथ्वी जयन्ती र सो अवसरको बिदा कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । यद्यपि, त्यसपछिका बर्षमा पनि जनस्तरबाट पृथ्वी जयन्ती मनाउने क्रम भने जारी नै छ । यसवर्ष पनि देशभक्त नागरिकले स्वस्फूर्त रुपैया विबिध कार्यक्रमको आयोजना गरेका छ्न ।पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन जनस्तरबाट माग भए पनि सरकारले भने जनताको आवाजको कदर गरेको छैन । पछिल्ला वर्षमा मुलुकमा विदेशी चलखेल र चासो बढेको तथा राज्य सञ्चालनमा रहेका नेता र प्रशासकहरु अमूक स्वार्थमा अल्झँदा मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको भन्दै आमस्तरमा चिन्ता बढेकाले पनि पृथ्वी जयन्तीको सान्दर्भिकताको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend