logo
  • सोमबार, असोज १२ २०८३

दाङमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,घोराही पुस २१ ।

दाङको घोराही स्थित नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र पोखरेलको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१झ १०२ नंको एम्बुलेन्सले रा४प १५६६ नंको स्कुटरलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको हो । दिउँसो २ः३० बजेतिर भएको दुर्घटनाबाट गम्भीर घाइते टोपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend