साझा नेटवर्क
यमलाल भुसाल, बुटवल पौष १८ ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले नियमित रक्तदान कार्यक्रम अन्र्तगत शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन गरेको छ । कार्यक्रममा बोल्नेहरुले रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै मानवीय कार्यमा अघि बढेको सस्थाले गरेको सेवाले धेरैको जिवन बाचेकोले यस्तो सामाजिक कार्यलाई निरन्त्रता दिन आग्रह गरका थिए ।

विगत समयदेखि नियमित रुपमा हरेक महिनाको तेस्रो शनिवार नियमित रक्तदान र आवश्यक पर्दा आकस्मिक रुपमा रक्तदान गर्दै रगत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको वक्ताहरुले जोड दिएका थिए । स्वर्गीय सरोज सिलवाल बन्धिले बि.स.२०६१ सालमा स्थापना गरेको यस सस्थाले गत असार बाट हालसम्म २ हजार युनिट बढी रगत संकलन गरि रक्त सञ्चार केन्द्र बुटवललाई हस्तान्तरण गरेको अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष सिलवालको अध्यक्षता,लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बर बहादुर बि.क को प्रमुख आतिथ्यता,नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार तथा सामाजिक अभियान्ता बिमल बहादुर शाक्य, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसि, नेपाल नियमित रक्तदाता संघका सल्लाहकार सुरेन्द्र कुमार शाक्य, दामोदर घिमिरे लगायतले समाजले गरेका सामाजिक कार्यलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका कार्यक्रम संयोजक मधु न्यौपानेले बताउनु भयो ।
नियमित रक्तदान कार्यक्रम को प्रायोजन रिच बिनस क्याफेका यमु थापाले गर्नु भएको थियो । संस्थाले हरेक कार्यक्रममा सहयोगदाताको खोजी गर्ने गर्दछ । संघका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत, संयोजक मधु न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सन्चालन सचिव महेश खनालले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend