साझा नेटवर्क
सूर्य सुनार,गुल्मी पुस १७ ।
जनजागृति माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार प्रेम सुनार चयन भएका छन् । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ चौरमा रहेको जनजागृति माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको आज एक कार्यक्रमका विच समिति पुनःगठन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रेम सुनारको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको वडा सदस्य शंकर रायमाझीले जानकारी दिए । त्यस्तै विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा गोकर्ण सुर्यवंशी चयन हुनुभएको छ । विद्यालयको लेखा प्रतिवेदन विद्यालयका शिक्षक रम प्रसाद आचार्यले प्रस्तुत गरेका थिए । विद्यालयको सामाजिक वार्षिक लेखा परिक्षण समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य शंकर रायमाझीले पुर्व विद्यालय व्यवस्थापन समितिले गरेको कामको प्रशंसा गरेका थिए । साथै आज गठन भएको विद्यालय व्यवस्थापन समितिलाई धन्यावद व्यक्त गदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पत्रकार प्रेम सुनारले विद्यालयको सेवाको लागि आफु सधै लागि पर्ने बताएका छन् । हिजो विद्यालय प्रति समय खर्चिने सम्पुर्णलाई धन्याद व्यक्त गदै उहाहरुले गरेको योगदान प्रति धन्यवाद व्यक्त गरेका थिए ।
अब विद्यालयमा आफुले नमुना काम गरेर विद्यालयको शौक्षिक स्तरमा गुणस्तरिय शिक्षा प्रदान गर्न आफु लागि पर्ने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा समाज सेवी विभिन्न राजनितिक दलका प्रतिनिधि तथा विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend