logo
  • शुक्रबार, असोज ९ २०८३

दाहाल- नेपाल समूह बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं पुस १४ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड–माधव) समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई ल्याएको हो ।
यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीविरुद्ध प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ । प्रचण्ड पक्षले शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव समेत गरेको छ ।

बागमती प्रदेशमा १ सय १० जना सांसद छन् । नेकपाबाट ८१ सांसद मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend