logo
  • शुक्रबार, असोज ९ २०८३

संसद विघटनविरुद्ध विप्लव सहित चार दलको संयुक्त मोर्चा गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाण्डाै पुस १४ ।

संसद विघटनको विरुद्धमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र तीन वटा अन्य दलले संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन । विप्लव समूह, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी,  ऋषिराम कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा बनाउने निर्णय गरेका हुन् ।विदेशी शक्तिको आड भरोसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको र नागरिकका हकअधिकार कुल्चन खोजेको भन्दै मोर्चाले संयुक्त रुपमा संघर्षका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ ।

संसद विघटनको कदम नेकपाभित्रको विवादसँग मात्रै सम्बन्धित नभएर संसदीय व्यवस्था नै असफलताको उदाहरण रहेको पनि विप्लव समूह र अन्य पार्टीको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend