साझा नेटवर्क
राम बहादुर बिश्वकर्मा, प्युठान पौष १३ ।
जन्मदिनको अबसरमा धेरैले जथाभावि हजारौ रुपैया खर्च गर्छन् । तर समाजमा यस्ता मानिस पनि छन् जो आफ्नो जन्मदिनमा जथाभावि खर्च गर्नुको सट्टा सामाजिक कार्यमा खर्चन्छन्।तर नेपाली कांँग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधी प्रमोद पोख्रेल आफ्नो जन्मदिन मनाउन दलित विपन्न परिवारमा पुग्नु भएकाे छ ।

सोमबार, झिमरुक गाउपालिका ३ आहालखाेला कामिटाेलका साँझ बिहान पेटभरी खान नपाउने दुई घरपरिबारलाई सहयोग प्रदान गर्न चामल दाल तेल नुन बाेकेर घरमै पुग्नुभएको हो। सामाग्री हस्तान्तरण गर्दै नेता पोख्रेलले जन्मदिनकाे नाममा फजुल खर्च नगरि गरिवहरुलाई सहयाेग गरेको बताउदै आगामी दिनमा पनि यस्तै गरिब दुखिलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।

फेतिदेवी कामीले सहयोग गरेको सामाग्री बुज्दै सहयोगी पोख्रेललाई दुखपरेको वेला भगवान् आईपुगेको भनी धन्यवाद दिनुभयो। घरबास नभएकि फेतिदेवि कामी अर्काको घरमा वस्दै आउनुभएकाे छ । श्रिमान गुमायकि फेतिदेविका दुई छाेरा भारतमा भएपनि आफ्नाे सम्पर्कमा नभएकाे र छाेरिहरुपनि बिबाह गरेर गएपछि सम्पर्कमा नभएकाे सत्तरी बर्षकि फेतिदेबिले दुखेसो पाेखिन ।
उता फुर्सा सुनारकाे अबस्थनपनि उस्तै छ । श्रिमान गुमाएहाे धेरै बर्ष भयाे छाेरा भारतमा छ पैसा पठाउदैन घरमा पनि आउदैन । छाेरिका छाेराछाेरि समेत हुर्काउनु परेकाे छ खेति गरेर खाने जंगा छैन भत्ताकाे भरमा चलेकाेछ । पाेखरेलकाे काम उदारणिय भएकाे भन्दै अरुले समेत सिक्नु पर्ने स्थानिय कमल केसिको भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend