logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका पश्चिमी गाबिसहरुमा एम्बुलेनसको ब्यबस्थापनको लागि अभियान शुरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे, गुल्मी भदौ ६।
गुल्मी जिल्लाका पश्चिमी गाविसहरु एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्धेश्यका साथ एक बृहत अभियान शुरु भएको छ । गुल्मीका पौदी अमराई, नेटा, दर्लिङ्ग र ह्वाङ्दी सहित छिमेकी जिल्ला बागलुङ्गको ग्वालिचौर आसपासको क्षेत्रमा एम्बुलेन्स सेवा प्रदान गर्ने लक्ष्य सहित बिश्वका विभिन्न देसहरुमा सहयोग संकलन कार्य प्रारम्भ गरिएको छ ।

निस्ती–बडिगाढ सामुदायिक विकास केन्द्र गुल्मी नामक सस्था स्थापना गरी उक्त बृहत अभियान शुरु गरिएको संस्थाका अध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो । विकट पहाडी भुबनोटको कारण हरेक बर्ष थुप्रै जनताहरु बिभिन्न रोगहरुबाट अकालमै ज्यान गुमाउन पुगेको पिडालाई सबैले आत्मा म राख्दै उनीहरुले सहयोग संकलन अभियान शुरु गरेको हुन । अध्यक्ष घिमिरेका अनुसार आफ्नो गाँउ क्षेत्रको लागि आफै जुट्नुपर्छ भन्ने उद्धेश्यका साथ बिश्व भरीनै आर्थिक, सामाजिक, भौतिक, नैतिक सहयोग अभियान शुरु भएको छ ।

भाडाका गाडिहरु सधै उपलब्ध नहुने र उपलब्ध भए पनि विरामिको ढाड नै सेकिने गरि महङ्गो भाडा लिने गरेको कारण शो भेगका जनताहरुले सहज रुपले स्वास्थ्य उपचार पाउन सकेका छैनन ।अध्यक्ष घिमिरेका अनुसार तत्काल हस्पिटल लानुपर्ने भबितब्य घाइते, बिरामी तथा गर्भवती महिलाहरुलाई समयमा अस्पत्ताल पुग्न समस्या हुने गरेको छ । कयौं गरिव तथा दलित परिवारका महिलाहरु प्रसुतिको बेला अकालमा ज्यान गुमाउन विवश छन । हामी उनिहरुलाई न्याय प्रदान गर्ने छौ, घिमिरेले भन्नुभयो ।

सहयोग संकलन कार्यको लागि विभिन्न देशहरुमा शो क्षेत्रबाट विदेशियका युवाहरु सक्रिय रुपमा अगाडी बढेका छन । सस्थाका अनुसार सहयोग संकलनको लागि कतारमा बुद्ध पाण्डेय, जापानमा टीका गिरि र राजन केसि, युएईमा चिरन केसि, रसियामा रेसम कुवर, अष्ट्रेलियामा प्रकाश अर्याल, दक्षिण कोरियामा डम्मर केसि (राजन) र मलेसियामा देवेन्द्र थापाको नेतृत्वमा काम भइ रहेको छ । त्यसै गरि बुट्वल नगर क्षेत्रमा सहयोग जुटाउन सस्थाका उपाध्यक्ष असिम थापा लाग्नु भएको छ।

स्थानिय स्तरमा समेत सस्थाका सचिव भिम पाण्डेयको नेतृत्वमा सहयोग संकलन तथा एम्बुलेन्स अभियानको व्यापक प्रचारप्रसार गर्ने काम एक साथ सुरु गरिएको बताईएको छ ।उक्त सहयोग द्धारा एम्बुलेन्सको ब्यबस्था हुन सक्यो भने त्यस क्षेत्रका स्थानीयहरु अकालमा हुने मृत्यु बाट आफुलाइ जोगाउन सक्ने छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend