साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं पुस १२ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको हितमा रहेको दावी गरेका छन् ।
आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले भने, ‘यो अपराध हो, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन ।’
पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले अब पास गर्नुपर्ने बताए । उनले भने, ‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन । तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण नगर्ने हो भने खतम हुनेवाला छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend