साझा नेटवर्क
काठमाडौँ, पौष १०।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गोमन सर्प’ को संज्ञा दिएका छन्। बबरमहलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता खनालले ‘ओली गोमन सर्पजस्तो भएको’ बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सुरुवाती दिनदेखि नै अनाधिकृत काम गर्दै आएको नेता खनालको आरोप छ। ‘केपी ओली ०२७/०२८ देखिनै अनाधिकृत काम गर्दै आएका नेता हुन्,’ नेता खनालले भने, ‘अहिले पनि उनले अनाधिकृत कदम चालेका छन्।’
उनले पदका लागि झगडा नहुने बताए। अब पार्टी एकतावद्ध हुने र महाधिवेशनबाट आउने नेतृत्व जो भए पनि सबैले स्वीकार हुने बताए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend