साझा नेटवर्क
हिम शिखर, नया दिल्ली भारत भदौ ६।
नेपाल पत्रकार महासंघ भारत शाखा तदर्थ समितिले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । नेपाली समूदायको प्रतिनिधि संस्था नेपाली राजदुतावास, नेपाल वायु सेवा निगम, नेपालका प्रमुख राजनैतिक दलका जन वर्गिय संगठनहरु नेपाली काँग्रेस आवद्ध नेपाली जन सम्पर्क समिति, नेकपा माओवादी केन्द्र आवद्ध अखिल भारत नेपाली एकता मंच, नेकपा एमाले आवद्ध प्रवासी नेपाली संघ र राष्ट्रिय जनमोर्चा आवद्ध मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तथा विभिन्न गैर राजनैतिक सामाजिक संघ सँस्था, रेमिटेन्स सेक्टरमा कार्यरत संस्था र अल इण्डिया रेडियो नेपाली सेवामा कार्यरत प्रतिनिधिहरुको बृहद भेला गराएर सभा सम्पन्न गरेको हो ।

कार्यक्रम महासंघको सभाहल जी—३५, भैरों मन्दिर, तिस हजारी दिल्लीमा भव्य एवं शानदार रुपमा सम्पन्न भएको थियो । महासंघ भारत शाखाका सभापति लोकेश शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाली राजदुतावासका शिक्षा एवं साँस्कृतिक विभाग प्रमुख कृष्ण प्रसाद पन्तले लोकतान्त्रिक मूल्य र मान्यतालाइ ज्वलन्त राख्न पत्रकारिता क्षेत्रले अहम भुमिका निर्वाह गर्ने वताउदै निष्पक्षतालाइ अवलम्बन गर्दै अगाडी बढ्न सुझाव दिनु भएको थियो।
नेजस भारतका केन्द्रिय सदस्य प्रमोद खरेलले यसरी पत्रकारहरु एउटै संघमा आवद्ध भएर उल्लेखनीय काम गर्न अग्रसर हुने देखिनु प्रशंसनीय कुरा हो भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । साथै अर्का अतिथि प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीले सन् २००० देखि २०१६ सम्ममा महासंघ गठन गर्ने जस्तो प्रगतिपूर्ण कार्य गरेको देखीयो । तपाइहरुले यहाँ काम गर्दादेखि नै हामीले सहयोग समर्थन गरीरहेकाछौ । महासंघमा आवद्ध सबै लाइ बधाइ दिदै कार्यकाल सफलताको शुभकामना दिन चाहान्छु भन्नु भएको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य लक्ष्मण पन्तले नेपालका परिवर्तनकारी प्राय सम्पूर्ण आन्दोलनहरुमा पत्रकारहरुको उल्लेख्य भुमिका प्रशंसनीय छ । राज्यमा देखिएको नकारात्मक कुराहरुलाइ सहि ढंगले प्रस्फुटन गराउदै गर्ने गरेका पत्रकाहरुका कार्यहरु प्रति हामी आभारीछौ । तपाइहरुले कलम चलाउदा २ कुराको प्रत्यक्ष फाइदा पाउन सकिन्छ भन्दै वहाँले एउटा ज्ञान र अर्को सूचना पाउने जस्तो महत्वपूर्ण क्षेत्रमा काम गर्ने पत्रकारहरुले निष्पक्ष तरिकाले पत्रकारीता क्षेत्रको विकास गर्न जरुरी छ भन्नु भएको थियो । त्यस्तै नेपाली सेवा अल इण्डिया रेडियोका प्रतिनिधि अशोक चौरसीयाले नारद मुनिको उदाहरण दिदैं न त मुनि भगवानहरुको पक्षमा देखिए न राक्षसहरुको नै पक्षमा ।
उनी जस्तै निक्ष्पष्पक्ष रहेर काम गर्न सबैलाइ प्रोत्साहीत गर्दै सफलताको शुभकामना दिनुभएको थियो । अखिल भारत नेपाली स्वतन्त्र महासंघका अध्यक्ष दुर्गा प्रसाद अर्यालले तपाइहरुले लेखिदिएका समाचारका प्रतिलिपिहरुको सहयोगमा हामीले अलपत्र परेका बालबालिकाको उद्दार, चेलिबेटि बेच विखनका कार्यलाइ सुलभ र सरल तरिकाबाट तह लगाउने गरेका कैयौ उदाहरणहरु छन र प्रशंसनीय पनि छन भन्दै सफलताको शुभकामना दिनुभएको थियो । सह—कोषाध्यक्ष हिम शिखरले स्वागत मन्तब्य गरेको सो कार्यक्रममा उप—सभापति देबेन्द्र कुँवरले धन्यवाद ज्ञापन सहित सहि र निष्पक्षताकै लागी हामी महासंघमा आवद्ध भएका हौ ।
समय समयमा हामीलाइ सूचनाको हकमा चाहिने सामाग्री उपलब्ध गराएर सहयोग गर्न संगठनहरुले पछी पर्न हुदैन भन्नुभएको थियो । सचिव ऋषिराम अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा सभापति लोकेश शाहले सबै महासंघमा आवद्ध साथीहरुले निष्पक्ष रुपमा कार्य गर्दै अगाडी बढ्न जरुरी रहेको वताउदै दुतावासले आफुसंग आएका विभिन्न घटनाहरुलाइ निराकरणमा खेलेको भुमिका विषय र अन्य विभिन्न कार्यहरुको प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन सके हामीले धेरै भन्दा धेरै मिडियाहरुमा सूचना पठाउन सक्ने कुरालाइ जोड दिएर बोल्नु भएको थियो ।
कार्यक्रम महासचिव गोबिन्द पोख्रेलले संचालन गरेको सो साधारण सभाको कार्यक्रम गरेको मितिदेखि भारतको आर्थिक राजधानीको रुपमा रहेको मूम्बइमा कार्यरत श्रमजिबि पत्रकारहरु भुमिलाल पौडेल, दिनमणि पाण्डे र देवीकला पाण्डे तथा नेपाल वानमा कार्यरत आकांक्षा पाण्डे तथा महेशसिंह रैखोलालाइ सदस्यमा समाहित गरेकोछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend