logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाली काँग्रेसद्वारा संसद विघटनको विरुद्ध १३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने घाेषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं पुस ९ ।

नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएकाे सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विराेध प्रदर्शन घाेषणा गरिएकाे उनकाे भनाइ छ ।काँग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडल पक्षकाे जाेडबलमा सभापति शेरबहादुर देउवा आन्दोलनमा जान  तयार भएका हुन् । आज बिहान बसेकाे पाैडेल पक्षीय केन्द्रीय सदस्यकाे भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नु पर्ने निष्कर्ष निकालेका थिए । त्यही अनुसार आजकाे बैठकले आन्दोलनमा जाने निर्णय लिइएकाे बुझिएको छ ।

श्रोत-रातोपाटि

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend