साझा नेटवर्क
कमल पौडेल, बागलुङ पौष ६ ।
बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एकिकृत स्वास्थ्य शिविर शिसाखानीमा सम्पन्न भएको छ। शिविरमा ग्वालीचौर कोभिड विशेष अस्पतालका मेडिकल अधिकृत डा. अनिल शाहा नेतृत्वको टोलीले स्वास्थ्य जाँच गरेको हो ।

सो शिविरमा २ सय ३० जना वढिले सेवा लिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरिक्षक चुरामणि कँडेलले जानकारी दिनुभएको छ । सो शिविरमा संकास्पद क्षय रोगीहरुको खकारको नमुना संकलन गरिएकोछ भने १७ जना महिलाहरुले गर्भनिरोधक इम्पलान्ट लिएका छन् ।

१६ जना गर्भवतीहरुको जाँच सँगै गर्भावस्थाका खतराको लक्षणको विषयमा जानकारी समेत गराइएको छ। सो सिविरमा स्वास्थ्य शाखा प्रमुख, मे.अ. डा. सहित दगातुन्डाडा स्वास्थ्य चौकीका प्रमुख एच.ए. हेम पुन, शिसाखानी स्वास्थ्य चौकी प्रमुख एच.ए. भक्त बहादुर श्रीस लगाएत स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका लगाएतको सहभागिता रहेको थियो।

बडिगाड गाउँपालिकाले गाउँपालिका भित्रका दुर्गम वडा र अति ग्रामिण क्षेत्रमा एकिकृत स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। सोकि कार्यक्रम अनुसार यहि पौष ८ गते वडा नं. १० को दर्लिङमा शिविर सञ्चालन गर्न लागेको शाखा प्रमुख कँडेलले जानकारी दिनुभएको छ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend