साझा नेटवर्क
सूर्य सुनार,गुल्मी पुस ४ ।
लुम्बिनी प्रदेशका विशेषअधिकार समिति सभापत्ति कमलराज श्रेष्ठले राजनितिक परिर्वतन संगै आर्थिक समस्याहरुमा परिर्वतन गर्नुपर्ने बताउनुभएको छ । उज्यालो बहुउदेशीय सहकारी संस्थाको प्रथम साधारण सभामा उहाँले यस्तो बताउनुभएको हो ।
पुजीपत्तिको पनि आफनो संगठन हुने हुँदा आम जनताको संगठन भनेको सहकारी भएको बताउनुभयो । समाजमा वित्तिय संस्था धेरै भएको र उनीहरुले उत्पादन क्षेत्रमा रकम खर्च नगर्नाले धेरै मानिसहरु तथा संस्था भागभाग हुनुपरेको बताउनुभयो । रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले सहकारी धेरैले खोलेर व्यापार बनाएको बताउनुभयो । रेसुङ्गा नगरपालिका भित्र धेरै सहकारीको स्थापना भएको भन्दै सबैले सहकारीको मर्म अनुसार काम गर्नुपर्ने बताउनुभयो । उज्यालो बहुउदेशीय सहकारी संस्थालाई आवाश्यक परेको खण्डमा सधै सहयोग गर्ने भुसालले बताउनुभयो ।
इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले सहकारीको प्रगतिको कामना संगै उज्यालो बहुउदेशीय सहकारी संस्थालाई आवाश्यक सहयोग गर्ने बताउनुभयो । रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले सहकारी स्थापना गरेर मात्र नहुने भन्दै सबैलाई संगठनमा आवद्ध भएर काम गर्न उहाँले आग्रह गर्नुभयो । उज्यालो बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष श्रीराम महतले संस्थाको उदेश्यबारे प्रकाश गर्नुभएको थियो । गुल्मी, अर्घाखाँची, पाल्पा र रुपन्देही गरी ४ जिल्ला कार्यक्षेत्र कायम गरी दर्ता भएको यो सहकारी संस्था युवाहरुको सक्रियताबाट स्थापना भई सञ्चालनमा आएको हो ।
कार्यक्रममा उत्कृष्ट उद्यमी कृषकलाई सम्मान गरिएको छ । उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिका, तम्घास गुल्मीका उपाध्यक्ष भगवती श्रीसको स्वागत मन्त्यव रहेको कार्याक्रमको सञ्चालन उक्त सहकारीको सचिव घनश्याम खरेलले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend