साझा नेटवर्क
प्रिन्स मिश्रा,कपिलवस्तु पुस ३ ।
पूर्व समाजवादी पार्टीको क्रियाकलाप प्रति पूर्व राष्ट्रीय जनता पार्टी नेपालको लुम्बिनी प्रदेश समितिले आपत्ती प्रकट गरेको छ ।
समयोजन भन्दा अगाडी नै पूर्व समाजवादी पार्टीले पूर्व राजपा पार्टीको प्रदेश समितिलाई कुनै अधिकारिक जानकारी बिना पूर्व समाजवादीको प्रदेश स्तरिय बैठक तथा समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रमलाई जनता समाजवादी पार्टीको नाम बाट प्रचारित गर्ने क्रिया कलापको निर्णय प्रति आपत्ती प्रगट गरेको पूर्व राजपा पार्टीका प्रदेश अध्यक्ष रविदत्त मिश्राले बिज्ञप्ति जारी गरि जानकारी दिनु भएको छ ।
सबै पार्टी समायोजन प्रक्रियामै रहेकोले यस कोरोना संक्रमणको अवस्थामा सम्पूर्ण कार्यकर्तालाई विचलित नभई संघठनलाई झन मजबुत बनाउने समेत अध्यक्ष मिश्राले अनुरोध गर्नु भएको छ ।
प्रेस बिज्ञप्ति-

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend