logo
  • सोमबार, असोज १२ २०८३

बडिगाडमा पहिलो पटक बल्व र चप्पल उत्पादन सुरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

कमल पौडेल

०३ पौष खर्वाङ ।

बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा एल.इ.डी बल्व तथा चप्पल उद्योग सरु भएको छ । गल्कोट नगरपालिका ११ रिघाका तुल बहादुर राना र बडिगाड गाउँपालिका वडा नं. ४ का विर बहादुर थापा ले संयुक्त रुपमा खर्वाङमा एल.इ.डी बल्व उत्पादन गर्ने र हवाई चप्पल निर्माण गर्ने कार्य सुरु गर्नुभएको हो। ७ वर्ष वढि मलेसिया वसेका विर बहादुर र ५ वर्ष भन्दा वढि मलेसिया वसेका तुल बहादुरले देशमै केहि गर्ने भन्दै सो उद्योग सुरु गरेको उहाँहरुको भनाई छ।

७ लाख भन्दा वढिको लगानी गरि बल्व तथा चप्पल उत्पादन गर्न थालिएको उनिहरुले तुल बहादुर रानाले जानकारी दिनुभएको छ। बल्व तथा चप्पलको उत्पादन संगै होलसेल विक्रि सुरु गरेको र होलसेलमै बल्व मर्मत समेत गरिने विरवहादुर थापाले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend