logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा राष्ट्रिय परिचयपत्र लिन १०१ वर्षिय बृद्धको विवरण दर्ता संकलन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी पौष २ ।
गुल्मीमा राष्ट्रिय परिचयपत्र लिन १०१ वर्षिय बृद्धले बिवरण दर्ता गराएका छन् । जिल्लाको मुसिकोट नगरपालिकामा चलिरहेको दर्ता संकलन कार्य वडानम्बर –१ निवासी १०१ वर्षिय डिलाराम गौतमले राष्ट्रिय परिचयपत्र लिन बिवरण दर्ता संकलन गराएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जिल्लामा

अहिले जिल्ला सदरमुकाम तम्घासबाट गरिएको सेवालाई शिबिरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई तिब्र पारिएको छ । जिल्लाका गुल्मीदरवार, धुर्कोट, मदाने र छत्रकोटमा दर्ता संकलन कार्य सम्पन्न भएको सम्पन्न भएका छन् ।

जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये रुरुक्षेत्र गाउँपालिकामा र मालिका गाउँपालिकामा बिवरण दर्ता कार्य सुरु भएको छ । मुसिकोट नगरपालिकामा कार्य जारी रहेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई अगाडी बढाउन ६० जनादर्ता संकलक मार्फत टोलि खटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend