logo
  • शुक्रबार, असोज ९ २०८३

साधना म्युजिक अवार्डको आवेदन खुला


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गीता अधिकारी, काठमाडौं पुस २ ।
साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ । सामना म्युजिक क्रियसनले आयोजना गर्ने यो अवार्डको आवेदन खुला गरिएको हो ।

‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोस्रो साधना म्युजिक अवार्ड २०७७को आवेदन फारम पुनः खुल्ला गरिएको आयोजकले बताएको छ ।

नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७६ बैशाख १ गते देखि मंसिर १ गतेसम्म बजारमा आएका नेपाली सिर्जनालाई समावेश गर्न पाउने बताइएको छ ।

नेपाली मौलिक लोक गीत सङ्गीतको विकास र विस्तार एवम् प्रर्वद्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले बताउनुभयो । आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रा.लि.को कार्यालयबाट प्राप्त गर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend