logo
  • सोमबार, असोज १२ २०८३

आर्थिक गणनाको नतिजा सार्बजनिक गुल्मीमा ९ हजार बढि प्रतिष्ठान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी पौष २ ।
प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को नतिजाले गुल्मीमा कूल नौ हजार ४ सय ४८ प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्क कार्यालय पाल्पाले जिल्ला सदरमुकाम तम्घासमा सरोकारवालाहरुसँगको एक कार्यक्रमको आयोजना गरेर प्रथम राष्ट्रिय आर्थिक गणनाको नतिजा सार्बजनिक गरेको हो ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा २२ हजार ८ सय ७६ जनशक्ति कार्यरत रहेको देखिएको तथ्यांक कार्यालय पाल्पाका तथ्यांक अधिकृत भविश्वर घिमिरेले बताए । यसमध्ये १३ हजार ७१ जना पुरुष र ९ हजार ८ सय ५ जना महिला रहेको घिमिरेले बताए ।

दर्ता भएको व्यावसायिक प्रतिष्ठानलाई गणनामा समावेश गरिएको छ । जिल्लामा क्रियाकलाप अनुसार कृषि, वन तथा माछापालन व्यवसाय (दर्ता भएका प्रतिष्ठानमात्र) ५५७ रहेका छन् । जसमा ९४६ जना जनशक्ति संलग्न रहेका छन् । खानी तथा उत्खनन् तर्फ भने तथ्याङ्क शुन्य रहेको छ । त्यस्तै औद्योगिक उत्पादन सम्बन्धी क्रियाकलापमा १२०५ रहेका छन् । जसमा २२६८ जना जनशक्ति संलग्न रहेको थ्यांक कार्यालय पाल्पाका तथ्यांक अधिकृत घिमिरेले बताए ।

विद्युत, ग्याँस, वाफ तथा वातानुकुलित आपूर्तिमा ३० वटा प्रतिष्ठान रहेको तथ्याङ्कमा उल्लेख छ । जसमा १६७ जना जनशक्ति संलग्न रहेका छन् । पानी,आपूर्ति, ढल,फोहोर व्यवस्थापन तथा प्रशोधन क्रियाकलापमा ६१ वटा रहेका छन् । जसमा ११९ जना जनशक्ति संलग्न रहेका छन् । निर्माण सम्बन्धी क्रियाकलापमा ६ वटा प्रतिष्ठान रहेको उल्लेख गरिएको छ । जसमा १० जना जनशक्ति संलग्न रहेका छन् ।

थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मतमा ४ हजार ३१ वटा प्रतिष्ठान रहेका छन् । जसमा हजार ९७० जना जनशक्ति संलग्न रहेका छन् । यातायात तथा गोदाम तर्फ ५७ वटा रहेका छन् । जसमध्ये १८० जना जनशक्ति संलग्न रहेका छन् । आवास सुविधा तथा खाना व्यवस्थाका क्रियाकलापमा १हजार ११५ वटा रहेका छन् । जसमा २ हजार ३३४ जना जनशक्ति संलग्न रहेका छन् । सूचना तथा सञ्चार सम्बन्धी क्रियाकलापमा २३ वटा रहेका छन् । जसमा १३६ जना जनशक्ति संलग्न रहेका छन् ।

वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलाप तर्फ २१२ वटा रहेका छन् । जसमा ६८८ जना जनशक्ति संलग्न रहेका छन् । घर जग्गा कारोवार तर्फ भने शुन्य रहेको छ । कारोवार गर्नेहरु भएपनि गणना उल्लेख गरिएको पाइएन । वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलाप तर्फ ८० वटा रहेका छन् । जसमा २१२ जना जनशक्ति संलग्न रहेका छन् । प्रशासनिक तथा सहयोगी क्रियाकलाप तर्फ ४० वटा रहेका छन् ।

जसमा ७२ जना जनशक्ति संलग्न रहेका छन् । शिक्षा सम्बन्धी क्रियाकलाप तर्फ ६२७ वटा रहेका छन् । जसमा ५ हजार ८८९ जना जनशक्ति संलग्न रहेका छन् । मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप तर्फ ४७८ वटा रहेका छन् । जसमा १ हजार १९७ जना जनशक्ति संलग्न रहेका छन् । कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलाप तर्फ ११ वटा रहेका छन् । जसमा ४७ जना जनशक्ति संलग्न रहेका छन् ।

अन्य सेवा क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान तर्फ १ हजार १५ वटा रहेका छन् । जसमा १ हजार ६४१ जना जनशक्ति संलग्न रहेका छन् । नगरपालिका र गाउँपालिका तहका आर्थिक विवरणहरु समावेश गरिएको यस प्रकारको आर्थिक गणना पहिलो हो । गत वैशाख १ गतेदेखि जेठ मसान्तसम्म राष्ट्रव्यापी रुपमा गणना गरिएको थियो । सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाई (वस्तु तथा उत्पादन) को विवरण गणनामा समावेश छ ।

अन्तर्राष्ट्रियस्तरीय औद्योगिक वर्गीकरणका २१ आर्थिक क्रियाकलाप (गतिविधि) मध्ये प्रत्यक्ष देखिने १८ क्रियाकलाप अन्तर्गत कृषि, वन, माछापालन, व्यवसाय देखि खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ, आपूर्ति, पानी, ढल, फोहोर व्यवस्थापन, बीमा, थोक तथा खुद्रा व्यापार, शिक्षा, सूचना तथा सञ्चारदेखि घरजग्गा कारोवार लगायत क्रियाकलापलाई गणनामा समावेश गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीकी उपप्रमुख तुलसीदेवी श्रेष्ठले तथ्याङ्क संकलन गर्दा स्थानीय तहसँग समन्वय गरेर लिनुपर्नेमा जोड दिइन् । उनले स्थानीय तहसँग संस्थागत तथ्याङ्कहरु रहेकाले त्यस अझवढि प्रभावकारी हुने बताइन् । तथ्याङ्क सार्बजनिक कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले विवरणले देशको आर्थिक तथ्याङ्कको आधार खडा गर्ने भन्दै नेपालको विकासका लागि नयाँ खुड्किलो प्राप्त भएको बताए ।

पहिलो गणना भएकाले केहि छुटफुट भएपनि यसले योजना निर्माणमा सहयोग पुग्ने बताए । यस्ता नतिजाले आर्थिक गतिबिधीका हिसावले कुन स्तरमा छौ अब कसरी फटको मार्न सक्छौ भन्ने तथ्याङ्कले सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend