logo
  • सोमबार, असोज १२ २०८३

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं पुस १ ।

प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।

स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा सहभागी एक नेताले  दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए ।

श्रोत-अनलाइन खबर

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend