logo
  • शुक्रबार, असोज ९ २०८३

उखु किसानहरूको भुक्तानी किन रोकिन्छ सरकार ?


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-किरण अधिकारी ।
उखु किसानहरूले भुक्तानी पाउलाई किन वर्षेनी धर्ना दिन र सडकमा आएर आन्दोलन नै गर्नुपर्ने स्थिति आउँछ सरकार । ति मेहनती किसानहरूलाई सधै दूख र चपेटामा मात्र किन परिदै आएको छ । दुख र मेहनत गरेर गुलियो उखु उत्पादन गर्ने किसानहरूलाई, किन बारम्बार नुनिलो आँसू खसाल्न बाध्य बनाईएको छ । मेहनतको मुल्य पाउ भन्दापनि सुदरको गाउँबाट हजारौं माईलको यात्रा तय गरी राजधानीमा आएर आन्दोलन गर्नुपर्ने ?

कृषि मन्त्रालयमा धर्ना दिनुपर्ने यो कस्तो बिडम्बना हो सरकार ? के गरिब निमुखा किसानहरू पसिना माथि यो कस्तो ज्याजति हो सरकार । यो राजनीति हो भुईमान्छे र सर्वसाधारणको लागि कहिले गर्ने राजनीति अबस्था उही नै छ जुन बिसौ वर्ष पहिले थियो । खोई त परिवर्तनको आभास गरिबहरूका लागि । उखु किसानको यो समस्या अहिलेको मात्र होइन यो बिगत दशकौंदेखि यस्तै चलिरहेको छ।

जति सरकार फेरिए पनि जति कृषि मन्त्रीहरू फेरिए पनि खैत सरकार किसानहरूको समस्यालाई सम्बोधन गरेको ? अझ यि उखु किसानहरूको समस्या त जिउको तिउ छन । उखु किसानको समस्या त परम्परा जस्तै बनी सकेको छ । समस्या हरेक क्षेत्रमा छ र हरेक नागरिकलाई छ । तर यहाँ उखु किसानको समस्या जड के हो किन छानबिन हुन सक्दैन उखु किसानको पसिनाको मूल्य चिनी मिलहरूले भुक्तानी किन गर्दैनन्।

किन ती बिचौलिया चिनी मिल सन्चालकहरुलाई कारबाहीको दायरामा लिन सकिदैंन । ति कथितहरूले या चुनावमा पैसा सहयोग गरेको हुदा कारबाही गर्न सक्ने हैसियत गुमाएको छ सरकारले । मन्त्रीदेखि प्रधानमन्त्रीहरू सरकारले ठुला-ठुला नायकेहरू देशमा रेल पानी जहाज जस्ता ठुला महत्वकांक्षी सपनाहरू बाडिरहदा गरिब निमुखा किसानहरूको समस्यालाई हल गर्न नसक्नू बिचौलिया र भष्ट्रचारीलाई कारबाही गर्न नसक्नू यो कस्तो अकर्मण्यता हो सरकार ।

बर्षौदेखि नै उखु किसानहरू भुक्तानी पाउका लागि सडकमा जानुपर्ने स्थिति सिर्जना भएको छ । यो त परम्परा जस्तै भैसक्यो किन यता कसैको पनि ध्यानाकर्षण हूदैन । सरकार त निक्कमा भैसक्यो तर नागरिकहरू पनि सरकारलाई खबरदारी गर्न किन हिचकिचाई रहेका छन । जुन देशमा आफ्नो परिश्रमको मुल्य पाउनको लागि आन्दोलन गर्नुपर्छ।

त्यो देशको राजनितिक व्यबस्था कति तल्लो स्तरको छ भन्ने कुरा आम नागरिकले आकलान गर्न सकिन्छ । यो देशमा अरबौं रूपैयाँ भष्टाचार हुँन्छ ति भष्ट्रचारीहरूलाई कारबाही गर्नुको साटो तिनिहरूलाई जोगाउन हाम्रो देशको प्रधानमन्त्री समेत अगाडि बढ्नु हुन्छ । जब किसान र सर्वसाधारण जनता दूख र वेदनाका कारुणिक अबस्थाका मामिलामा भने सधै मौन बस्नूहुन्छ ।

सरकारका कुनै निकायहरु समस्याहरु सम्बोधन गर्न कार्यमा लाग्दैन यदि लागि हाले भनेपनि कतै, भष्ट्रचारको डन्गुरमा फसिरहन्छन । भने यसलाई कसरी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हो भनेर बिश्रास गर्न सकिन्छ । जुनक्षेत्रमा पनि सोझा-साझा नागरिकहरूको आवाजलाई सधै दबाईन्छ या दबाउने चेष्टा गरिन्छ ।

वर्षेनी झर्ने ती उखु किसानको आसुले राम्रो पक्कै गर्दैन सरकार त्यसैले कृषकहरूका समस्याको यथाशिघ्र हल गरी, बिचौलिया जो कृषकहरूको खुन पसिना चुसी डाढिएका छन तिनीहरू कानुनको दायरामा ल्याएर कारबाही गर्न ल्याकत अब सरकारले राख्नैपर्छ । र कृषहरूका पसिनाको मूल्यलाई वास्तविक मुल्य दिलाएर कृषि क्रम गर्ने हौसला प्रदान गर्ने कार्यमा सरकार लाग्नैपर्छ ।

अती मर्मस्पर्शी भैसक्यो ति कृषकहरू आर्तानादहरू । बिश्व को कुन देशमा होला र आफ्नो परिश्रम मुल्य पाउनको लागि सरकारलाई हात जोड्न पर्ने । त्यस्तो अबस्थामा हाम्रै बुबा-आमा, दाजु-भाई दिदी-बहिनीहररु गुर्जिएको देख्दा यो सरकार र यसका कारिन्दालाई साच्चै श्राप दिन मन लाग्छ ।

छिटोभन्दा छिटो उखु किसानको मुल्य भुक्तानी गरी किसानलाई आज यो अबस्थामा पुर्याउने ती बिचौलियाहरूलाई सक्त कारबाही गरि कानुन बमोजिम कारबाही गरीयोस् सरकार । गुलियो उखु उत्पादन गर्ने किसानका नुनिला आँसु झार्न बाध्य किसानलाई खुसिका आँसु झार्ने कार्यमा सरकार अग्रसर होस र सरकार उत्तरदायी हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend