logo
  • सोमबार, असोज १२ २०८३

झापा जिल्लालाई बालमैत्री बनाउन शैशव मञ्चले सहयोग गर्ने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

झापा, मङ्सिर २९ ।
झापा जिल्लालाई बालमैत्री बनाउन शैशव मञ्चले सहयोग गर्ने भएको छ । शैशव मञ्च नेपालको बालमैत्री झापा जिल्ला घोषणा गर्न अभियान सुरु गरेको हो । कनकाई नगरपालिका सुरुङ्गामा जिल्लाभरका सकृय बालअभियान्ता हरुको बाल भेलाले जिल्लाभरका स्थानीय तहमा बालमैत्री बनाउन सक्दो अभियान संचालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका उपप्रमुख मन्जु प्रसाई, कनकाई वार्डनम्बर ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक उदय संम्सेर जबरा, कनकाई उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुमारमणि पोखरेल, समाजसेवी दुर्गा प्रसाई, शैशव मञ्च नेपालका सल्लाहकार यज्ञराज कार्की, केन्द्रीय सल्लाहकार सुधिर राजभर, शैशव मञ्च नेपाल झापाका अध्यक्ष टिकाराम वास्तोला लगायातले बालबालिकाको शिक्षा र अनाथहरुको उचित संरक्षणमा ध्यान दिन आग्रह गरेका छन ।

सहभागिहरुले झापालाई बालमैत्री घोषणा गर्न मञ्च र सम्बन्धित पालिकाहरुले पहलकदमी लिन आग्रह गर्नुभयो । यसैविच कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले कनकाई नगरपालिकालाई कम्तीमा जिल्लाकै दोस्रो बालमैत्री पालिका घोषणा गर्न तयारी थालिएको जानकारी दिनुभयो । कार्यक्रम शैशव मञ्च नेपालका अध्यक्ष दिवश कार्कीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend