साझा नेटवर्क
सूर्य सुनार,गुल्मी मंसिर २९ ।
नेपाली कांग्रेसका नेता जिवन परियारले प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागि परेको बताउनुभयो नेपाली कांगेसका नेता जिवन परियारले गुल्मी कांगेसको विरोध कार्यक्रममा बोल्दै प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको बताउनुभएको छ ।
सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो । तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको हो । देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको नेता जिवन परियारले बताउनुभयो । नेकपाले दलित माथि धेरै आसोसन देखाए पनि पुरा गर्न नसकेको बताउनुभयो । दलितहरुको हक अधिकार कांगेशले नै व्यवस्था गर्ने भन्दै कांगेशमा आवद्ध हुन समेत आग्रह गर्नुभयो ।
नेपाली कांगेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले अहिलेको सरकारले नागरिकलाई सुरक्षाको दिन नसकेको बताउनुभएको छ । दिन प्रतिदिन एक पछि आर्का बलात्कार हुदाँ पनि सरकार महुन रहनु लज्जाको विषय रहेको बताउनुभयो । केन्द्र देखी स्थानीय तह सम्म भ्रष्टचार भएको भन्दै गुल्मी जिल्लाका केही पालिकाहरुले पनि भ्रष्टचार भएकोे बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend