logo
  • सोमबार, असोज १२ २०८३

उखु किसान न्याय माग्दै फेरि काठमाडौंमा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौं, मंसिर २८ ।
चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसान फेरि आन्दोलित भएका छन्। गत वर्षपनि उखु किसानले काठमाडौंमा आएर प्रदर्शन गरेका थिए।त्यसपछि भुक्तानी दिने सम्बन्धमा उद्योग मन्त्रालय, उद्योगी र किसानबीच सहमति समेत भएको थियो। केही किसानले भुक्तानी पाएपनि। तर सहमति भएको करिब एक वर्ष पुग्न लाग्दासम्म सबै किसानले भुक्तानी पाएका छैनन्।

त्यसैले न्याय माग्दै उनीहरु फेरि काठमाडौं आएका छन्। माइतीघरमा भेला भएका किसानले सरकारले सहमति कार्यान्वयन गराउन र आफूहरुलाई न्याय दिलाउन पहल नगरेको आरोप लगाएका छन्।माफियाको गुलियोमा सरकार भुलेको र किसानलाई मार्ने षड्यन्त्र भएको भन्दै किसानले सहमति पालना गराउन माग गरे।

हाल सर्लाहीबाट आएका किसानले गत वर्ष भएको सहमति पालना गर्न नत्र थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend