logo
  • शुक्रबार, असोज ९ २०८३

मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड–२०२१” हुने, आवेदन फारम खुल्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ मङ्सिर २५ ।
मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधा तर्फ “नेशनल ईन्टरटेनमेन्ट अवार्ड(२०२१” गरिने भएकोछ ।

“नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” यहिं आउँदो माघ महिना २०७७ भित्र काठमाडौँमा गरिने कुरा आयोजक कमिटिका अध्यक्ष रोशन पोखरेलले बताए । अवार्ड आवेदनको लागि दर्ता फारम खुलीसकेको छ भने माघ १५ गते सम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०१९ जनवरी देखि २०१९ डिसेम्बर सम्मका गित संगीतहरुलाई समावेस गरिने भएको छ भने नव प्रतिभाको हकमा २०१९ भित्र गित निकालेको हुनु पर्नेछ ।

क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा व्यावस्थापनमा हुन लागेको यस अवार्डको अध्यक्ष संचारकर्मी रोशन पोखरेल रहेका छन् भने अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक(गायिका, पर्ब बिसेष गित(तिज, दशैँ तिहार,होलि), भेग बिसेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पपरआधुनिक गायक (गायिका, भाषा–भाषिका गित, म्युजिक भिडियो मोडल, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गरेर आबेदन फर्म भर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend