साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ ५ ।
गुल्मीको मुसिकोटमा अरिगांलले टोकेर एक जनाको मृत्यु भएको छ । शनिवार राती अरिगांल पोल्ने क्रममा मुसिकोट–२ निवासी ३१ वर्षका सुरज कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनु भयो ।
अरिगांलको टोकाइबाट घाइते भएका कार्कीको सदरमुकाम तम्घास स्थित रेसुङ्गा हस्पिटलमा उपचारको क्रममा आज मृत्यु प्रहरी नायव उपरिक्षक नेपालले जानकारी दिनु भयो । अरिगांल पोल्ने क्रममा घाइते सोहि ठाउँकै कृष्ण बहादुर सुनारलाई थप उपचारको लागी पाल्पा पठाएको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend