साझा नेटवर्क
सुनसरी, मङ्सिर २३ ।
पूज्य सन्त रामकृष्णाचार्य वैष्णव कृष्ण दास (सिद्धबाबा)लाई सुनसरी जिल्ला अदालतले सफाई दिएको छ । गलत मनसाय राखी पूज्य सन्तमाथि जबरजस्ती करणी जस्ता गम्भिर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय हो । हिन्दू साधुसन्तहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासन माथि नै प्रश्न चिन्ह खडा गर्छ ।
हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परिक्षण नै नगरीकन प्रशासनले पूज्य सन्त विरुद्ध कारवाही गर्नु शंकाष्पद रहेको छ । अन्ततः सम्मानित अदालतले ‘जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबाले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भनि सफाई दिएको छ ।
प्रशासनको लापरवाही एवं अकर्मन्यताका कारण पूज्य सन्तले विभिन्न किसिमको दुःख, कष्टको सामना गर्नु प¥यो । बहुसंख्यक हिन्दूहरुको देशमा समेत साधुसन्तमाथि यस किसिमको षडयन्त्र एवं दुव्र्यवहार गरिनु चिन्ताजनक विषय हो । प्रशासनबाट गरिएको यस कृत्यको विश्व हिन्दू परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ साथै हिन्दू आस्था एवं पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) को चरित्र हत्या गर्नेलाई कडा कारवाहीको माग गर्दछ ।
अब उपरान्त हिन्दू साधुसन्तहरुको मर्यादा एवं हिन्दू जनमानसको आस्थाको ख्याल गर्दै सत्य तथ्य पुष्टि पश्चात मात्र कारवाही थाल्न सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल आग्रह गर्दछ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend