logo
  • सोमबार, असोज १२ २०८३

प्राकृतिक प्रतिरक्षाभन्दा कोरोनाको भ्याक्सिन सुरक्षित होला ?


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

एजेन्सी ।
कोरोना महामारी नियन्त्रण गर्न जारी लकडाउन, संक्रमणको त्रास र आर्थिक अभावका कारण एक वर्षदेखि विश्व आक्रान्त छ । यद्यपि, महामारी खेपिरहेको विश्वलाई पछिल्लो केही दिनदेखि भ्याक्सिन छिट्टै बजारमा आउने खबरले उत्साहित बनाएको छ ।

गत महिना फाइजर र मोर्डनाले मानव शरीरको कोभिडविरुद्ध खोप प्रभावकारी देखिएको जनाएपछि महामारी नियन्त्रणमा आउने आशा थपिएको हो । तर, बजारमा भ्याक्सिन सर्वसुलभ हुन अझै समय लाग्ने विज्ञहरूले बताउँदै आएका छन् । पछिल्लो समय अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्टे«सन (एफडिए)को इमर्जेन्सी प्रयोगका लागि अनुमति दिइसकेका भ्याक्सिन फाइजर र मोर्डना स्वास्थ्यकर्मी, नर्सिङ होम र आपतकालीन सेवाका कर्मचारीमा मात्रै दिइने भएको छ । साथै, कोभ्याक्स योजनाअन्तर्गत अन्य देशले पनि इमर्जेन्सीका लागि भ्याक्सिन पाउनेछन् ।

करिब ९५ प्रतिशत प्रभावकारी देखिएका मोर्डना र फाइजर भ्याक्सिनले शरीरमा प्रतिरक्षा सक्रिय पार्न अर्थात् एन्टिबडी उत्पादन गर्न सफल रहेको बताएका छन् । तर, प्राकृतिक वा भ्याक्सिन कसले शरीरमा भाइरसविरुद्ध बढी एन्टिबडी सक्रिय पार्न सक्छ भन्ने अन्योल छ । अथवा संक्रमण भएर भाइरसविरुद्ध एन्टिबडी उत्पादन भइसकेको व्यक्तिमा भ्याक्सिन लगाउँदा सुरक्षित हुन्छ वा हुदैन भन्ने विषयमा पनि यकिन छैन । तर, कोभिड भ्याक्सिनले भाइरसविरुद्ध शरीरमा काम गर्नेमा ढुक्क रहेको विज्ञहरूले बताएका छन् ।

केही संक्रमणविरुद्धका खोपहरू जस्तै, न्युमोकोकल खोप शरीरको प्राकृतिक प्रतिरक्षाभन्दा बढी सक्रिय हुन्छ । सुरुवाती अध्ययनअनुसार कोभिड भ्याक्सिन पनि यही कोटिमा पर्न सक्छ । कोभिड भाइरस संक्रमण भएका व्यक्तिको तुलनामा क्लिनिकल ट्रायलमा सहभागी व्यक्तिको शरीरमा भाइरसविरुद्धको एन्टिबडी बढी सक्रिय रहेको पाइएको छ । तर, अधिकांश संक्रमणमा प्राकृतिक संक्रमण भ्याक्सिनभन्दा बढी प्रभावकारी हुने गरेको छ ।

कोभिड भाइरसमा पनि प्राकृतिक प्रतिरोधात्मक क्षमता बलियो नै देखिन्छ । अधिकांश संक्रमितमा कम्तीमा केही एन्टिबडी र प्रतिरक्षा कोष निर्माण भएको पाइन्छ, जसले भाइरसविरुद्ध लड्न सक्छ । अध्ययनहरूका अनुसार शरीरमा उत्पादन भइसकेको एन्टिबडीले लामो समयसम्म भाइरस संक्रमण हुनबाट बचाउँछ ।

तर, शरीरमा प्रतिरोधी क्षमता व्यक्ति र उनको स्वास्थ्य अवस्थाअनुसार निकै फरक हुने गर्छ । जस्तै सामान्य लक्षण देखिएका व्यक्तिमा प्रतिरक्षाकै कारण दोस्रोपटक संक्रमण हुनबाट बचाउँछ । यस्ता व्यक्तिमा भ्याक्सिनले पनि प्रभावकारी नतिजा दिन सक्छ । यस्तै व्यक्तिमा प्रतिरोधी क्षमता भाइरसले शरीरमा पारेको क्षतिमा पनि निर्भर गर्छ । तर, भ्याक्सिन सबै व्यक्तिमा बराबर डोजमा दिइनेछ, यसले प्रत्येक फरक व्यक्तिमा कस्तो प्रतिक्रिया देखाउँछ भन्ने खोप प्रयोगपछि मात्र थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend