logo
  • सोमबार, असोज १२ २०८३

घरमा आगो लाग्दा लाखौको क्षति


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

दिपक खनाल अर्घाखाँची मंसिर २० गते

सन्धिखर्क नगरपालिका वडा नं १२ कुसुने निवासी डम्मर बहादुर मुखिया र ज्ञान बहादुर मुखियाको घरमा गए राती भएको आगो लागीको कारण घर सँगै एकहल गोरु, एउटा भैसी, एउटा बाख्रा र एउटा पाडी जलेर मरेका छन भने तीन तोला सुन बीस मुरि जति धान र केही नगद जलेर नष्ट भएको छ ।

आगो कसरी सल्कियो भन्ने समेत पत्ता लाग्न सकेको छैन । एक्कासी आगो परालको माचमा बलिरहेको देखे पछि घरका सदस्यले गाउँमा फोन गरेर र चिच्याएर गुहार मागी स्थानीय छरछिमेकीहरु लाई डाकेका थिए छिमेकिहरुको प्रयासमा मात्र आगो नियन्त्रणमा नआए पछि सन्धिखर्कबाट दमकल सहित बिहार चौकी र शसस्त्र प्रहरी जनप्रतिनिधि र स्थानीय सहितको टोलिले आगोलाई नियन्त्रणमा लिएका थिए ।

आगोमा घर जलेर नष्ट भएपछी दुई घर परिवार सदस्य छिमेकिको घरमा बसेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend