साझा नेटवर्क
साझा नेटवर्क, मङ्सिर १९।
लगनको महिना लक्षित गरेर सुरज अर्याल र राम प्रसाद बस्यालको संयुक्त प्रस्तुतिमा मौलिक पञ्चेबाजा “बेहुला बनिन्छ” बोलको गित बजारमा आएको छ । गितको भिडियो Baba Entertainment Tv को युट्युब च्यानल मार्फत बजारमा आएको हो ।
मन मान्दैन एकै छिन छोड्नलाई, हतार भा छ सम्बन्ध जोड्नलाई, पालुवालाई गॉउ तिर च्याउला भनिन्छ, घरकाले हात दिए मायालुले साथ दिए यसपालिको लगनमा बेहुला बनिन्छ यी हरफ “बेहुला बनिन्छ” मौलिक पञ्चेबाजा गीतमा समावेश भएका छन ।
आफ्नी प्रेमिकाले मन नफेर्दिए र घरकाले प्रेमिकासङ घरजम गर्न अनुमति दिए बेहुला बन्ने अपेक्षाकृत कथा गीतले बोकेको छ ।आकर्षक शैलीमा प्रस्तुत गरिएको गीतका रचनाकार तथा सङ्गीतकार राजु थापा मगर हुन भने राम प्रसाद बस्याल र प्रतिमा अर्याले ती सुन्दर शब्दमा जादुमयी आवाज दिएका छन् ।
चर्चित निर्देशक कुमार केसीले कलात्मक रूपमा गीतलाई पर्दामा उतारेका छन् । इन्द्र जिसीले संगीत संयोजन गरेको गीतमा सुरज अर्याल र हिरा केसीको जीवन्त अभिनय हेर्न सकिन्छ । अधिनायक शेरचनले सम्पादन गरेको भिडियो अजय रेग्मीले खिचेका हुन भने मञ्जुश्री फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend