साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु मङ्सिर १९ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले ३५ हजार घूस रकमसहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई शुक्रबार पक्राउ गरेको छ ।
घूस मागेको उजुरीका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट कृष्णनगरमा कार्यारत गुरुङ भारतबाट अवैधरुपमा ल्याइने घरायसी सामान ओसार-पसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट पैंतीस हजार घूससहित कृष्णनगरबाट पक्राउ गरेको हो ।
उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एन्ड दुर्गा गेष्ट हाउसबाट अन्दाजी दिउँसो २ बजे रकमसहित पक्राउ गरिएको आयोगको कार्यालय बुटवलका सूचना अधिकारीले बताएका छन । गुरुङलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कार्यालय बुटवल ल्याइएकाे र भाेलि काठमाडौं पठाइने अख्तियारले जनाएको छ ।
सिमाक्षेत्रका सुचना संकलनका लागि राखिएका हवल्दार गुरुङ सशस्त्र प्रहरीका घुमुवा भनी परचित थिए तर साे सम्बन्धमा सशस्त्र प्रहरीबलकाे बिअाेपि कृष्णनगर पाेष्टका प्रहरी निरिक्षक निरन्जन कार्कीसंग सम्पर्क गर्दा हामीले कसैलाई घुमुवा नराखेकाे जानकारी गराएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend