logo
  • शुक्रबार, असोज ९ २०८३

कांग्रेसले २९ गते सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, मंसिर १९ ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार विरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गरेको छ । ‘प्रतिपक्षी विचारलाई निषेध गर्ने दमनकारी रबैया अपनाइएको छ र सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ, बैठकमा सहभागी नेता अर्जुन नरसिंह केसीले भने, यसको पछिल्लो कडी तनहुँ घटना हो ।

तनहुँ घटनाका साथै कोभिड-१९ रोकथाम तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको निर्णय छ । कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

जटिलता र चुनौतीपूर्ण अवस्थामा सरकार आफ्नै दलको द्वन्द्वमा अलमलिएको भन्दै कांग्रेसले जनजीविकाका मुद्धाहरु उठाउने थलो संसदको अधिवेशन छिट्टो बोलाउनु पर्नेमा जोड दिएको छ ।

पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको आन्तरिक विषयमा २७ केन्द्रीय सदस्यले उठाएको मुद्दाबारे छिटो सहमति खोज्ने समझदारी पनि भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend