logo
  • सोमबार, असोज १२ २०८३

बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बुटवल, मंसिर १७ ।
बुटवलको हस्पिटललाइनमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिएको हाे ।

चौराहबाट पुष्पलालपार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रक (लहरी)ले सोही दिशातर्फ गुडिरहेको लु ४९ प २०५ नम्बरको स्कुटरलाई लुम्बिनी प्रादेशिक अस्पतालको मूलगेट अगाडी ठक्कर दिदाँ स्कुटर चालक बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतित सिहं राठोरले जानकारी दिए ।

शर्माको घटना स्थलमा नै मृत्यु भएको हाे । ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend