साझा नेटवर्क
dav
दिपक खनाल, अर्घाखाँची, मंसिर १६ मंगलबार |
हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने नारालाई आत्मासात गर्दै यस विद्यालयमा कक्षा १२ को वार्षिक परीक्षा सकाउदै गरेका विद्यार्थी भाई बहिनीहरु को बिच लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम संचालन भएको छ ।
बिहार प्रहरी चौकीको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा डिल्लीराज ढकाल (प्र.स.नी.) को संचालन भएको थियो भने विद्यार्थी भाई बहिनीहरुमा सचेत बनाउने काम पनी उनले नै गरेका थिए । उक्त कार्यक्रममा विशेष आथित्यता विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर खनाल र स.प्र.अ. दुर्गा प्रसाद बस्यालको रहेको थियो ।
विद्यार्थीहरुको माझ बोल्दै गर्दा महिला वा पुरुष भएकै कारण लिङ्गको आधारमा गरिने हिंसालाई लैंगिक हिंसा भनिन्छ । यो सामाजिक अपराध हो लैंगिक हिंसाका प्रकृती हेर्दा लिङ्गको आधारमा महिला र केटाकेटीहरु घर भित्र परिवारको सदस्यहरु र नाताहरुबाट विभिन्न प्रकारका हिंसा जस्तै हत्या, कुटपिट, गाली गलौज, यौन शोषण, मानसिक यातना वैवाहिक बलात्कार, जबरजस्तीकरनी गरी गर्भवति बनाउने, दाइजो नल्याएको कारण बहिस्करण, बोक्सी आरोप र बहुविवाहलाई लिन सकिन्छ भने घर बाहिर शैक्षिक संस्थाहरु विद्यालय, क्याम्पस, सार्वजनिक स्थलहरुमा पनि महिला माथी हिंसा हुने गरेको छ । महिलाबाट महिला माथी पनि हिंसा हुने गरेका छन् । त्यतिमात्र होइन महिलाको कारण कतिपय ठाउँमा पुरुषले पनी हिंसा भोग्नु परेको छ । समाजमा हहुने यस्ता खाले हिंसा अन्त्य गर्न नेपाल प्रहरी सदैव जनताको सेवामा लाग्ने छ यस्ता घटना कही कतै घटे तुरुन्त प्रहरीलाई खबर गर्न समेत ढकालले बताए ।
उक्त कार्यक्रमको अन्त्यमा प्रधानाध्यापक सूर्य बहादुर खनालले लैंगिक हिंसाको बारेमा बोल्दै विद्यार्थी भाइ बहिनीलाई वार्षिक परीक्षाको सफलताकको शुभकामना समेत दिनु भएको थियो ।
dav[/captionयो अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्ममा १६ दिन संचालन हुँदै आएको छ भने सन् १९९१ देखि शुरु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend