logo
  • सोमबार, असोज १२ २०८३

तिलोत्तमा सामुदायिक विद्यालयमा नर्सको दरवन्दी र स्वास्थ्य इकाइ गठन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, बुटवल मङ्सिर १६।
नेपाल सरकारको सङ्घिय बजेट तथा तिलोत्तमा नगरपालिकाको व्यबस्थापनमा नगरपालिकाका १२ वटा सामुदायिक बिद्यालय मध्य श्री शङकरनगर दुर्गादत मा.बी. स्कुलमा नर्सको दरबन्दी उपलब्ध  गराइएको  छ।

बिधालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सन्चालन कार्यबिधी २०७६ अनुसार शङ्करनगर स्वास्थ्य चौकी प्रमुख केशव भट्टराईको आतिथ्यमा बिद्यालय स्वास्थ्य इकाइ समिती गठन गरिएको हो। जसको संयोजकमा बिद्यालयका प्रअ चन्डि प्र.पान्डे रहनु भएको छ भने सदस्यहरुमा क्रमशः शिक्षक जयलछ्मि ठाकुर , बिद्यार्थीहरुमा क्रमश: नारायण थापा,अङ्किता कडेल, अनिशा कुवंर र मोहन मरासिनि रहनु भएको छ।

साथै सदस्य सचिवमा बिद्यालय नर्स पुनम खत्री छेत्री रहनु भएको समितिको सल्लाहकार मा शङ्करनगर स्वास्थ्य चौकी प्रमुख केशब भट्टराई रहनु भएको सोहि स्कुलमा अध्यानरत शिक्षक कृष्ण पन्थीले  साझा नेटवर्कलाई जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend