साझा नेटवर्क
सज्जन ढकाल,गुल्मी मंसिर १५ ।
गुल्मीको कालिगण्डकी गाउँपालिकामा माननीय परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कालीगण्डकी आधारभुत अस्पतालको शिलान्यास गर्नु भएको छ । नेपाल सरकारले ३९६ स्थानीय निकायमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ संघीय सरकारले नेपालका सात प्रदेसमा अस्पताल शिलान्यास र निर्माण कार्य अगाडि बढाएको हो ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री ज्ञावलीले अब नेपालमा जनताले उपचार नपाएर अकालमा ज्यान गुमाउन पर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो । नेपाल कम्युनिस्ट पाटी(नेकपा) कुनै पनि हालतमा नफुट्ने कम्युनिस्ट सरकारले शुसासन बिकास परिवर्तन र समृद्धि स्थापनाको आधार शिला निर्माण गर्दै गर्दा विभिन्न तस्करहरु अताल्लिएको बताउनु भयो । जस्ले गर्दा तस्करका गृहोहरुले अतिरञ्जित समाचार प्रकासन गरि कार्यकर्ता माथी भ्रम सृजना गर्न खोजेको समेत आरोप लगाउनु भयो ! विभेद रहित समाज निर्माण गर्नका लागि नेपालमा गणतन्त्र स्थापना भयको हो । नेकपा को सरकारले विभिन्न क्षेत्रमा ब्याप्त रहेको भ्रष्टाचारको जालोलाई तहसनहस गराउन सफल भएको जिकिर समेत गर्नु भयो ।
लिपु लेक र लिम्पियाधुराको सिमा बिबाद बारे गृहकार्य भैरहेको तत्काल यस विषयले पुर्णता पाउने समेत जानकारी गराउनु भयो ।कार्यक्रममा विशेष अथितिको रुपमा बोल्दै नेपाल कम्युनिस्ट पाटि (नेकपा) कालीगण्डकी अध्यक्ष रामजी ढकालले कालीगण्डकी गाउँपालिकामा कार्यरत कर्मचारी जनप्रतिनिधि कार्यालय समयमा धेरै पटक अनुपस्थित हुँदै जनतालाई सास्ती दिएको स्थानीय सरकार प्रमुख मस्त निन्द्रामा रहेको समेत आरोप लगाउनु भयो । नेपाल कम्युनिस्ट पाटी ( नेकपा) ले कालीगण्डकी गाउँपालिका भित्र भएका सकारात्मक कार्यको समर्थन र नकारात्मक कार्यमा खबरदारी गर्दै आगामी दिनमा यहि कार्य दोहोरिएमा परिस्थिति नराम्रो हुने समेत चेतावनी दिनुभयो । ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ संघीय सरकारले ५७ अर्बको लागतमा आधारभुत अस्पताल निर्माणको अभियान देसै भरी लागू गरेको छ ।
कालिगण्डकी गाउँपालिका वडा नं ३ जयखानी प्रजापती क्षेत्र बेल्टारिमा १५ सैयाको अस्पताल निर्माण हुने भएको हो । जस्को लागि केन्द्र सरकार बाट बजेट बिनियोजन भैसकेको छ । कालीगण्डकी आधारभुत अस्पताल निर्माणको लागि स्थानीय बासिन्दा ओम बुढा,भीम बहादुर बुढा, पुरन बुढा , मोतिबहादुर बुढा, तिल बहादुर बुढा ,लाल बहादुर बुढा र बिष्णु माया बुढाले सामुहिक रुपमा लगभग १४ रोपनी जग्गा निशुल्क दान गर्नु भएको हो । यस्तो अनुकरणीय काम र योगदानको लागि कालीगण्डकी गाउँपालिकाले विशेष सम्मान समेत गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend