logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीका १० स्थानीय तहमा आधारभूत अस्पताल शिलन्यास


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सागर भण्डारी,गुल्मी मंसिर १५ ।

गुल्मीका १० वटा स्थानीय तहमा आधारभूत अस्पताल शिलन्यास गरिएको छ । आईतबार र सोमबार जिल्लाका १० स्थानीय तहले अस्पताल शिलन्यासको काम सम्पन्न गरेका छन् ।एक स्थानीय तह एक अस्पताल अभियान अन्तर्गत मदाने गाउँपालिकाले सोमबार पहिलो पल्ट जिल्लामा १५ शैयाको अस्पताल शिलन्यास सम्पन्न गरेको थियो । मदाने गाउँपालिकामा पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अस्पतालको शिलन्यास गर्नुभएको थियो । त्यस्तै आईतबार जिल्लाका ९ वटा स्थानीय तहले एकैपटक आधारभूत अस्पतालको शिलन्यास गरेका छन् । आईतबार धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाकामा पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा सांसद गोकर्ण बिष्टले अस्पतालको शिलान्यास गर्नुभएको छ ।

त्यस्तै रुरु गाउँपालिका, गुल्मी दरवार गाउँपालिका र छत्रकोट गाउँपालिकामा लुम्बीनी प्रदेश सभा सदस्य तथा बिशेष अधिकार समिति संयोजक कमलराज श्रेष्ठले शिलान्यास गनुभएको हो । सत्यवती गाउँपालिका र रुरु गाउँपालिकामा लुम्बीनी प्रदेश सामाजिक बिकाश मन्त्री सुदर्शन बरालले शिलान्यस गरेका गर्नुभएको हो । चन्द्रकोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाकामा आधारभूत अस्पतालको शिलान्यास सरकारका प्रबक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले गर्नुभएको छ ।

जिल्लाका १२ स्थानीय तह मध्ये रेसुङ्गा नगरपालिका सदरमुकाम तम्घासमा रहेकाले जिल्ला अस्पताल रहेको छ । रेसुङ्गा नगरपालिका अन्तर्गत गुल्मी अस्पताललाई ७० करोडको लगानीमा १ सय शैयाको अस्पताल बनाईने भएको छ । भने मालिका गाउँपालिकामा यहि १७ गते आधारभूत अस्पतालको शिलान्यास सांसद बिष्टले गर्ने मालिका गाउँपालिकाले जनाएको छ ।

इस्मा गाउँपालिकामा १६ करोड १८ लाख धुर्कोट गाउँपालिकामा १८ करोड १६ लाख मदाने गाउँपालिकामा १८ करोड १६ लाख ,मालिका गाउँपालिकामा १८ करोडमा अस्पतालहरु बन्दै छन् । जिल्लाका सबै स्थानिय तहमा १८ करोड बराबरका रकममा शिलान्यास भएका भवनहरुको निर्माण २ बर्षमा सम्पन्न हुने छ । अबको दुई बर्षमा निर्माण गरिएका अस्पतालमा १ जना मेडिकल अधिकृत सहित २ जना स्टाफ नर्स रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend