logo
  • सोमबार, असोज १२ २०८३

बडिगाडमा १५ शैयाको अस्पताल शिलन्यास


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल,बागलुङ मंसिर १५ ।

बडिगाड गाउँपालिका १५ शैयाको अस्पतालको एक कार्यक्रमका विच शिलन्यास गरिएको छ । नेपाल सरकारको एक पालिका एक आधारभुत स्वास्थ्य अस्पतालको अवधारण अनुसार अनुसार एकै दिन शिलन्यास कार्यक्रम अन्तरगत संघिय साँसद मनकुमारी केसिले सो अस्पताल भवनको सिलन्यास गर्नुभएको हो ।शिलन्यास गर्दै सांसद केसिले आधारभुत स्वास्थ्य सेवा पाउनु जनताको नैसर्गिक अधिकार भएको र सो काम सरकारले पुरा गर्न लागेको भन्दै अस्पताल निर्माणमा आफ्नो सकारात्मक पहल हुने वताउनु भएको थियो । बडिगाड गाउँपालिका वडा नं. ५ को रिखेटारीमा १८ करोड भन्दा वढि लगानीमा निर्माण हुने सो अस्पताल भवनको लागि स्थानियले ९ रोपनी वढि जग्गा निशुल्क प्रदान गरेका हुन् । सो अस्पताल सिलन्यास कार्यक्रममा स्वास्थ्य मन्त्रालयको निति तथा योजना महाशाखाका प्रमुख गुणानिधि घिमिरे, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य शुनिल शेरचन, नेपाली काग्रेसका जिल्ला सदस्य गण्डकी थापा अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता, वडा नं. ५ का अध्यक्ष अर्जुन प्रसाद खरेलको स्वागत मन्तव्य तथा प्रशासकिय अधिकृत थम्मन बहादुर रेश्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।यसै विच बडिगाड गाउँपालिका स्तरीय पाँच शैयाको कोभिड १९ अस्थायी अस्पतालको समेत आज उद्घाटन गरिएको छ । १ जना मेडिकल अधिकृत सहितका स्वास्थ्यकर्मि व्यवस्थापन गरि सो अस्पताल सञ्चालनमा रहेको छ। आजमात्रै देशका ३ सय ९६ वटा आधारभुत अस्पताल सिलन्यास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend