साझा नेटवर्क
बुटवल, मङ्सिर १५ ।
रुपन्देही जिल्ला भित्र बसोबास गर्ने सामाजिक ब्याक्तिहरुको भेलाले रास्ट्रिय मानब अधिकार प्रतिष्ठान रुपन्देही शाखा स्थापना गरि २०७७ मंसिर १३ गते शनिबार भेलाबाट निर्बाचित १३ सदस्यिय संचालक समिति र सल्लाकारहरुको पदस्थापन एबम मानब अधिकारका बिषयमा प्रशिक्षण साथै प्रतिष्ठानका २५ जना सदस्यहरुलाई परिचय-पत्र बितरण कार्यक्रम जिल्ला अध्यक्ष जितेन्द्र प्रसाद बन्जाडे (राजु बन्जाडे)को अध्यक्षतामा सम्पन्न भयो ।

राष्ट्रिय मानब अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका अधिकृत इन्द्रजित सहनिको प्रमुख आतिथ्यता, सोहि कार्यालयका प्रशासकिय अधिकृत नारायण बस्नेतको बिशिस्ट अतिथ्यता र जिल्ला सचिब कमल नेपालको सन्चालन साथै उपाध्यक्ष उमाकान्ति खत्रीको स्वागतबाट सुरु भएको कार्यक्रममा मेख बहादुर आधिकारि, हेम थापा, नारायण बस्नेत, प्रकाश पौडेलले मानब अधिकारका बिषयमा आफ्ना भनाईहरु राख्नु भयको थियो।
राष्ट्रिय मानव आधिकार आयोगका लुम्बिनी प्रदेश कार्यालय अधिकृत इन्द्रजित सहनीको मानव आधिकारका विषयमा भएको प्रशिक्षण पस्चात अध्यक्ष जितेन्द्र प्रसाद बन्जाडेले आफ्ना प्रतिबद्धता सहित उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend