logo
  • सोमबार, असोज १२ २०८३

कृषकका समस्या समाधान गर्छौ : मन्त्री पौडेल


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार, गुल्मी मंसिर १४ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले साम्हुिक रुपमा स्मार्ट कृषिलाई अगाडी बढाउनुपर्ने बताउनुभएको छ ।

स्मार्ट कृषि गाउ कार्यक्रम हुँगा, तरकारी पकेट कृषि समुह, छत्रकोट १ गुल्मीको उद्धघाटन गर्दै मन्त्री पौडेलले वडा, पालीका, जिल्ला, उपमहानगर,  पालीका हुदै कृषि उपज अन्तर प्रदेश पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।

कृषिमा कृषकलाई सहज बनाउने उदेश्यले कृषकहरुका लाई कर्जा लिदाँ व्याज अनुदान दिने मन्त्री पौडेलले बताउनुभयो ।

प्रदेश सरकारबाट कृषकहरुका लागि व्याज अनुदान दिने, कराहार अनुदान , प्रोत्साहन अनुदान गरी प्रदेश सरकारले कृषकहरुका लागि ३ प्रकारका अनुदान दिने मन्त्री पौडेलले बताउनुभयो ।

प्रदेश सासंद एवम बिशेषाधिकार समितिका संयोजक कमलराज श्रेष्ठले समृद्धिको सुरुवात गर्ने क्षेत्र धेरै भएपनि अधिकांश नागरिलाई लाभ पुर्याउने कृषि क्षेत्र भएकोले कृषि बाटै यस क्षेत्रमा समृद्धि सफल हुने बताउनुभएको छ । कृषकहरु अनुदानमा मात्र भर नपर्न पनि श्रेष्ठले आग्रह गर्नुभयो ।

छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले पालीकाले यस आर्थिक वर्षलाई कृषि बर्षको रुपमा अगाडि बढाइएको बताउनुभएको छ । साथै पालिकाले कृषिको क्षेत्रमा उद्योग संचालन गर्ने पनि बताउनुभयो । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले कृषकहरुलाई वर्गिकरण गर्नुपर्ने बताउनुभयो । कुनै पनि कृषकहरु अनुदानको कार्यक्रमबाट छुट्न नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend