साझा नेटवर्क
-किरण अधिकारी ।
अध्यक्ष ज्यु नमस्ते !
मेरो अन्तर मानसपटलबाट उब्जिएका केही कौतुहलता, र जिज्ञासा हरूलाई, आम नागरिक तर्फबाट हजुर समक्ष केही गुनासाहरु राख्ने कोसिस गरेको छु । कृपया यसलाई गतल रुपमा अर्थाएर न कड्किनु होला साथै मनमा कुनै बैरभाव र आबेग नराख्नु हुन हार्दिक बिनम्र अनुरोध गर्दछु।

कुरा काहाँबाट सुरु गरौं अन्योलमा छु ! म इस्मा गाउँपालिका भित्रको बासिन्दा भएको नाताले केही लेख्न मन लाग्यो भन्दा पनि हजुरसंग केहि बिन्ती बिसाउन मन लाग्यो । हो ! साच्चै म “गुल्मेली” अझ इस्मा गाउँपालिकामा घर हो भन्दा, गर्वले छाती चौडा भएर आउँथ्यो । केही समय अगाडिसम्म, तर अहिले भने त्यस्तो स्थिति खासै छैन।
“जुन ठाउँबाट निर्वाचित संसाद गोकर्ण विष्ट, राष्ट्रिय स्तरमा ख्याति कमाएका व्यक्तित्व र पटक-पटक मन्त्री बनिसक्नु भएको छ । आजभोलि भने उहाँको नामलाई बदनाम गर्ने कार्यमा अग्रसर भैराखेको देखिन्छ । इस्मा गाउँपालिका भित्रका नेकपा कार्यकर्ता जनप्रतिनिधिहरू र आफुलाई नेता ठान्ने केही व्यक्तिहरू तिनका गलत क्रियाकलापहरूले गर्दा गोकर्ण विष्टको नाममा थोरै आच पुर्याएका छन् ।
हो “गोकर्ण विष्ट”को राष्ट्रिय राजनीतिमा “केन्द्र”मा छुट्टै किसिमको पहिचान छ । देशलाई चाहिने नेता एक आशा लाग्दा युवा नेता, सबैले विश्वास गर्ने पात्रको, छबि बनाएका, उहाँलाई नचिन्ने सायदै कमै छन् होला । गुल्मी जिल्ला, क्षेत्र नं २ का सांसद अझ उहाकै घर भएको गाउँपालिका किन भद्रगोल हुन पुगेको छ, अध्यक्ष ज्यु ? कहिले काँही हजुरको मनमा यि यस्ता कुराहरू पक्कै खेल्छन् होलानि है ।
इस्मा गाउँपालिका भित्र हुदै गएका, लापरवाहीहरू चरम उत्कर्ष पुग्दा हजुरको मुटु पोल्छ, होला कि नाई । छिमेकी गाउँ हाम्रो गाउँपालिका विकासको हिसाबले हेर्ने हो भने आज काहाँ छ । छिमेकी धुर्कोट गाउँपालिकासंग कहिले काँही तुलना गर्नु हुन्छ । के कारक तत्वले यस्तो हुन पुग्यो, भन्ने जस्ता कुराहरु ।
हजुरको मनमा पनि त खेल्छन, होलानी खेल्न त, किन एकत्रित भएर लाग्न सक्नु भएको छैन । गम्भीर सोचनीय विषय भैसक्यो । कतै राजनीति हस्तक्षेप, भयो कि भागबन्डा मिलेन, या संघ र केन्द्रीय स्तरको दबाब पर्यो। किन यसरी अन्यौलता को भुमरिमा रोमलिनु भएको छ,। किन खुट्टा कमाईरहनु भएको छ।
अध्यक्ष ज्यु। बिस्तारै बिस्तारै अब त अर्को स्थानिय निर्वाचन आउन थालिसक्यो त। आधा भन्दा धेरै समय त यत्तिकै अनिर्णयको बन्धि बनाएर नै बिताउनु भयो । केन्द्रदेखि स्थानीय निकायसम्म हजुर कै पाटीको प्राप्त बहुमत वाला सरकार छ। यती हुँदाहुँदै पनि किन कस्तो बाध्यात्मक अबस्था आयो र जनता तपाईं कै पक्षमा छन कार्यकर्ताहरूको कमी छैन।
सत्ता, शक्ति, दुवैको तपाईं कै साथमा छन । प्रतिपक्ष दल निर्हयी र कमजोर भएको अवस्थामा छ । तरपनि यस्तो अबस्थामा किन हजुर यसरी कमजोर बन्न पुग्नुभयो । आम नागरिकलाई किन यसरी गुमराह्हमा राख्नु भएको छ । इस्मावासी आमाबुबा दाजुभाई दिदीबहिनीहरु सबैलाई साच्चै महा अचम्म लागिसकेको छ।
स्थानीय निर्वाचनको बेला जनता माझ जुन सपनाहरु बाड्नु भएको थियो, ति सबै आधा अधुरा नै छन। आजसम्म यो स्थानीय सरकारले गरेका विकास सम्बन्धी कुनैपनि काम साच्चै नै स्थानीय बासिन्दाहरूलाई काहि कतै चित्त नबुझेको तितो यथार्थ छ । हजुरलाई थाहा नै छ विकास निर्माण सम्बन्धी काम सुरु भयौं भने । या कुनै नया “प्रोजेक्ट” सुरु हुन लाग्यो की विवाद मै मात्र फसिरहेकै हुन्छन्।
स्वतस्फूर्त रुपमा कुनै काम पुरा हुन नसकेको अबस्था छ । हरेक क्षेत्रमा भष्ट्रचारीहरू सलबलाएको अबस्था छन्, विकास भन्दा बढी भष्ट्रचार र अनेमिमता बढेका छन । बिभिन्न किसिमका नकारात्मक प्रवृत्तिका समचारहरू मात्र बग्रेल्ती बाहिर आएका छन । पछिल्ला घटनाक्रमबारे हजुर पक्कै अबगत हुनुहुन्छ होला । बाहिर नदेखिए पनि भित्र भित्रै नाताबाद कृपाबादले जरो गाडेको छ । आफ्नो दलका मान्छे र आफ्ना कार्यकर्ता बाहेक अरूलाई मान्छे ले मान्छेको जस्तो व्यवहार नगर्ने स्थिति सिर्जना भएको छ।
ठेक्का पट्टा या अन्य कुनैपनि रोजगारीका अवसरहरुमा आफ्ना र नजिकका कार्यकता बाहेक । अन्य कुनै सर्वसाधारण र फरक दलका मान्छे लाई खासै अवसर नदिएको गुनासाहरु आएकै छन । के यि घटनाहरु बारे हजुरलाई कसैले जानकारी दिएको छैन र । या हजुर यस्ता क्रियाकलाप प्रती अनभिज्ञ हुनुहुन्छ । साच्चै यथार्थ परक डन्गले गरिहाईबाट हेर्दा, यस्तै बेथिति हरू ले मात्र जरो गाडेको अवस्था छ ।
गाउँपालिका भित्र स्वास्थ्य, शिक्षा, कृषि, सम्बन्धी त्यस्तो उल्लेखनीय परिर्वतन हुन सकिराखेको छैन। गाउँ बाट सहर मा बसाई सराई गर्ने हरूलाई कम गर्न त्यस्तो कुनै गत्तिम्लो कार्ययोजना, बनाउन नसकेको अबस्था छ। गाउँ मा गुणस्तरीय शिक्षा र स्वास्थ्य, को प्रत्याभूति दिलाउन नसकेको अबस्था छ। यसको निम्ति आजसम्म कुनै पनि त्यस्तो प्रभावकारी कदम चाल्न नसकेको अबस्था छ । धेरै जसो गाउँ छोडेर सहर जानु मुख्य कारण पहिलो गुणस्तरीय शिक्षा हो ,अनि पछि स्वास्थ्य र रोजगार हो। यसबारे कुनै अध्ययन, अनुसन्धान गर्नुभएको छत ।
हाम्रो गाउँ घर दिनानुदिन किन खाली हुदै गए का छन, किन मान्छेहरु सहरलाई मात्र ताकिरहेका छन्, भन्ने जस्ता कुराहरु को बारेमा गहिरो अनुसन्धान कहिले गर्नुहुन्छ। यतातिर ध्यानाकर्षण कहिले हुन्छ। अध्यक्ष ज्यु। कृषि क्षेत्रलाई सरकारले प्राथमिकता मा राखेको छ। केन्द्रीय सरकारले, ठुलो लगानी पनि गरेको छ। तर त्यहीँ अनुसार स्थानीय स्तरमा कार्यन्वयन नभए को अबस्था छ। ” केही दिन पहिला कृषि मा लाखौं रुपैयाँ घोटाला गरेको समाचार राष्ट्रिय टेलिभिजन बाट समेत प्रसारण भएको थियो”।
यो त बाहिर आएको घटना मात्र हो, तर भित्र भित्रै भष्टाचार ले खोक्रो बनाएको अनुमान गर्न सकिन्छ। कृषि कर्म गर्न चाहने हरूलाई अभिभावकिए नेतृत्व दाई भुमिका हाम्रो गाउँपालिका ले साच्चै खेल्न नसकेको अबस्था छ। कृषक हरूको अभिभावक कसरी बन्न सक्छ। स्थानीय सरकारको कार्यशैली को उदाहरणका लागि । अन्त कतै जानु पर्दैन ,हाम्रौ छिमेकी, धुर्कोट गाउँपालिका लाई हेर्न सकिन्छ। धुर्कोट गाउँपालिका कार्ययोजना लाई नियालेर हेर्नुस् त, एकपटक उहाँको गाउँपालिका अध्यक्ष पनि तपाईं जस्तै मान्छे हो। तपाईं कै पाटी नेकपा को नै हुनुहुन्छ।
उहाँले गर्न सक्ने तपाईं किन गर्न नसक्ने। हजुरलाई भिजन बनाउन आउदैउ भने धुर्कोट गाउँपालिकाको निती तथा कार्यक्रम लाई फलो गर्नुहोस्। विद्य विशिषज्ञको सहयोग लिनुहोस्। हेर्नुहोस् त नियालेर हाम्रो गाउँपालिका लाई , जताततै समस्या नै समस्याको जालो मात्र भेट्नु हुन्छ। बास्तवमा समस्या हरूका पोका मात्र छन। यसलाई हजुर कै कार्य कालमा समधान गर्न सक्ने गरी हजुरको कार्य क्षमता लाई बढाउनु पर्ने देखिएको छ।
एउटा दृढ विश्वास र अठोट लिएर इस्मा गाउँपालिको विकास र समृद्धिको निम्ति हजुर अझै पनि एक कदम अगाडि बढ्न सक्नु भयो भने। साच्चै इस्मा गाउँपालिकाको अध्यक्ष भएर यहाँको विकास समृद्धिको लागि हजुर खेलेको भूमिकालाई समझि्दै हजुरको नाम सधै इस्मा गाउँपालिकाको ईतिहासको पानामा स्वर्णिम अक्षरले हजुरको नाम अवस्य लेखिने छ।
हजुर इस्मा गाउँपालिका को ईतिहास मा सधैं सधै अमर रहनुहुनेछ। “कैयौं वर्ष पछि” पनि आउने पुस्ताले इस्मा गाउँपालिका को ईतिहास लाई फर्केर हेर्दा सबैले हजुरलाई नै सम्झिने छन । आजको दिनमा हजुरलाई एउटा सुनौलो अवसर छ। सायद् त्यो अवसर भोलीको दिनमा आउला, नआउला, तर हजुरले पाएको यो अवसरमा आफुलाई प्रमाणित गरेर देखाइदिनुहोस,। अब रहेको हजुर कार्य कालमा। बाँकी कुरा छोडिदिनु होस, मात्र यस गाउँपालिका हित र यहाँ का जनताको बारेमा मात्र सोच्नुहोस्।
अझै समय बाकी छ। त्यही समय सिमा भित्र यस्तो किसिमको ,विकास र परिवर्तन ,को खाका तयार गरेर छोडिदिनु होस,कि ।भोली तपाईंको, कुर्सीमा आउनेहरूले हजुर ले नै अगाडि बढाएका योजनाहरू लाई लिएर, अगाडि बढुन। अब पार्टी भित्रका ति फाल्तु झोले कार्यकता, लाई केही समय साईड मा राखेर, हरेक क्षेत्रका बिघ्य विशिषज्ञहरू संगको सामिप्यतालाई नजिक बनाउनु होस । बरू विशिषज्ञहरूलाई तलब नै दिएर राख्नुहोस् अब बाँकी रहेका दिनहरुमा ।
भष्ट्रचारलाई शुन्यतामा झार्नुहोस्। कार्यकर्ता, र नाताबाद, कृपावादलाई केही समय सम्मको लागि त्यागिदिनुहोस, दिनुहोस्। यसमा नै तपाईंको हाम्रो र सिन्गो इस्मा बासिको भलो हुने छ। अध्यक्ष ज्यु। आफुले आफैलाई प्रमाणित गर्न, समय, आएको छ। यो भन्दा गत्तिम्लो समय भोली को दिनमा सायदै न आउला त्यसैले एकपटक अन्तर मन देखि सोच्नुहोस्।
म एउटा सामान्य नागरिक र सानो मान्छे ले हजुर जस्तो ठूलो मान्छे र उच्च अहोधा मा रहेको व्यक्ति संग ठुला कुरा गर्यौ,। भनेर मनमा आबेग नकारात्मक कुन्ठा हरू नराख्नु होला म प्रति मलाई फरक “गलत” दृष्टिकोणबाट नहेरी दिनु होला।, म त हजुर साच्चै नै शुभचिन्तक नाताले केही कुरा हजुर समक्ष बिन्ती बिसाएको हु।
हजुरकै गाउँपालिका भित्र एक युवा, हजुरकै छोरो सरहको मान्छे, छिमेकी, भएको नाताले आफ्नो अभिभावक समक्ष गुनासाहरु पोख्न खोजेको मात्र हो।, यसलाई गलत रूपमा न अर्थाई दिनुहोला। गुनासाहरु त धेरै छन धेरै लेख्यौं भने, समय नहुनु सक्छ,यति धेरै पढ्न लाई, बिजी हुनुहुन्छ हजुर थाहा छ। आसा छ, एकपटक हजुरले पक्कै पढ्नुहुनेछ भन्ने। आसा लिएको छु।
बिरोधको लागि बिरोध, गरेको होईन । राजनीतिक आस्था बिचार फरक पाटोको कुरा हो, तर सिंगो गाउँपालिका को विकासमा हामी एक हुनुपर्छ। त्यसैले राजनीतिक आस्था,भन्दा पनि माथिल्लो, स्तरबाट सोचेर हजुरलाई अनुरोध गरेको मात्र। देशैभरी नेकपाको बहुमत सरकार छ गाउँपालिका पनि प्राप्त बहुमत छ।
यसैको उपज गाउँपालिकामा पनि उल्लेखनीय, परिर्वतन होस, भन्ने चाहना भएको कारण गर्दा म हजुरलाई सम्झिएर केही लेख्न खोजेको हो, लेख्न बाध्य भए अध्यक्ष ज्यु। लेख्दै गर्दा काहि, कतै बिधी पुर्याउन सकिन वा जानिन होला, राम्रो संग लेख्न आउदैन, त्यसैले कतै गल्ती, भएको खण्डमा माफी चाहन्छु,। आफ्नै छोरो जस्तो सम्झिएर माफी दिदै, सच्चाईदिनु होला,। धेरै कुरा त भेटमा गरौला। अहिले लाई यतिनै ।
कोरोना माहामारीको बेला छ । हजुर सुरक्षित रहनु होला हजुर सुरक्षित, हुनुभयो भनेमात्र हाम्रो सिंगो गाउँपालिका सुरक्षित हुनेछौ। अबका बाकी दिनहरुमा हजुरले गरेका काम हरूको ,मुक्त कन्ठले , प्रशंसा गर्न लायकको, वातावरण सिर्जना गरीदिनु होला । इस्मा गाउँपालिका लाई समुन्नति बाटोमा लैजानु होला। अ हजुर संग बाट चाहेका आंकक्षा र अपेक्षा, यतिनै हो अरू केही पनि छैन,। मात्र, हाम्रो इस्मा गाउँपालिका, पनि संमुन्त रूपमा, अगाडि बढेको, हेर्न चाहाना ठूलो छ।
त्यसैले हजुर गाउँपालिकाको अध्यक्ष भएको कारण म हजुरलाई हार्दिकता साथ उच्च सम्मानका साथ आग्रह गरेको मात्र हो । एउटा असल नागरिकको दायित्व सम्झिएर,। त्यसैले, समय अझै पनि बाँकी छ, केही गरेर देखाउनलाई। यो पत्रबाट विदा हुने अनुमति माग्छु । उहि तपाई कै शुभ चिन्तक ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend