logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको इस्मा गाउँपालिकाको विषयमा संवाद र छलफल जारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी भदौ ०४ ।
नगरपालिका र गाउँपालिकाहरुको नामकरण र सिमांकनको बिषयलाई लिएर जिल्लाका विभिन्न स्थानमा आआफ्नै धारणा सार्वजनिक हुन थालेका छन् । केहि दिन अघि अखण्ड इस्माको माग गरेका इस्माका तीन गाविस र छिमेकी गाविस छापहिले र हस्तिचौर बिच भदौ ४ गते छलफल भएको छ ।

11036661_974271675995859_286667435142332913_n
हस्तिचौर गाविसका कांग्रेस नेता बैकुण्ठ बहादुर कुवंरले आफुहरु आफु अनुकुल केन्द्र तोकिए नगरपालीका भन्दा गाउँपालिका उपयुक्त हुने आफूहरुको राय पेश गरेको बतउनुभयो । एमाले नेता राम मल्ल ठकुरीले जैसीथोक, बस्तु लगाएतका गाविसलाइ पनि समेटेर पनाह खोला देखि छल्दी हुलाके सम्म केन्द्र तोक्ने बिषयमा सहमती भएमात्र गाउँपालिकामा समावेश हुने बताए । नेपाली कांग्रेस छापहिलेका सभापति रेखा कुमार जिसीले गाउँपालिकामा आफुहरु समावेश हुने सर्वदलिय सहमती भएकाले नाम र केन्द्रको बिषयमा पुन अरु गाविस संग सहकार्य र समन्वय गर्ने बताउनुभयो ।
14101857_960398924071596_60802158_n
अम्मरपुर गाविसका स्थानीय तथा एमाले नेता लक्ष्मण पराजुलीले अखण्ड इस्मा भन्ने कुराले अरु छिमेकी गाविसलाई समस्या पारेको बताउनुभयो । समन्वय र छलफल बाँकी नै रहँदा इस्माकै मात्र वकालत गर्नु उपयुक्त नभएको बताउनुभयो । उहाँले पुन आयोगको आधिकारिक धारणा बाहिर नआउँदै गाविस गाविस बिचका मत मतान्तर जायज नभएको तर छलफल र संवादले निषकर्श निकाल्ने बताउनुभयो । दोहली गाविसका अगुवा नेता लक्ष्मण बिष्टले इस्मा गाउँपालिका बनाउने बिषयमा पाँच गाविसले साझा धारणा तय गरेको बताउनु भयो ।
14102108_960399094071579_890263234_n
त्यसलाई टुंगोमा पुराउन आफुहरुको तर्फबाट प्रयास जारी रहने उहाँले बताउनुभयो । त्यस्तै अगुवा चन्द्र बहादुर महतले हस्तिचौर र छापहिले गाविस इस्मा गाउँपालिका बनाउनेमा सक्रिय देखिएको बताउनुभयो । इस्मा रजस्थलका अगुवा नेता नारायण पैयानीले ९ गाविसका सरोकारवाला बिच अझै संबाद र सहकार्य बाँकी रहेकाले आज पाँच गाविसका बिचमा मात्र गाउँपालिका बिषयमा छलफल भएको बताउनुभयो । शनिबार इस्मा मैदानमा गाउँपालीकाको बिषयमा साझा धारणा तय गर्न दोहली, दर्लामचौर, रजस्थल, हस्तिचौर, अर्जे, अम्मरपुर, छापहिले, पौदीअमराई र नेटा गाविसको सर्वदलिय र सर्वपक्षिय भेलाको आयोजना गरिएको थियो ।
14089545_960398897404932_1687297691_n
तर अर्जे, अम्मरपुर, पौदीअमराई र नेटा भने छलफलमा सहभागी नभएको सुभास महतले जानकारी दिनुभयो । चौविसे राज्य मध्ये दोहली, दर्लामचौर र रजस्थल गाविसका सरोकारवालाले तीन गाविस नंङ र मासु जस्तै भएकाले गाउँपालिका बाट अलग रहन नसक्ने बताउँदै आएका छन् । केहि दिन अघि अखण्ड इस्मा भन्दै भेला समेत सम्पन्न गरेका छन् । करिव करिव इस्माका तीन गाविस मध्ये एक गाविसमा गाउँपालिका राख्ने जिल्ला तथा केन्द्रिय स्तरबाट धारणा बनी सकेका बेला अखण्ड भन्दै जनमत उराल्ने काम अपरिपक्क भएको कतिपय बिश्लेषकको भनाई रहेको छ ।

स्थानीय तहको पुनर्संरचनाको सुझाव तयार गर्दा स्थानीय तहको सैद्धान्तिक अवधारणा, अन्तर्राष्ट्रिय मान्यता र अभ्यास बमोजिम सरकारलाई जनताको नजिक लैजान र जनतालाई प्रवाह गरिने सेवा सुविधामा सहज पहुँच स्थापित गर्न जनताको बसोबास प्रणाली, जनघनत्व, यातायात तथा पहुँचको सुगमतालाई मापदण्ड तोकेको छ ।

त्यस्तै वस्ती विकास एवं शहरीकरणको वर्तमान अवस्था र भावी सम्भावना, बजारको विकासर नदी प्रणाली र जलाधार वा पानी ढल जस्ता बिषयलाई पर्याप्त ध्यान दिई जनताले हाल पाइआएको सुविधामा कमी नहुनेगरी र स्थानीय तहका गाउँपालिकाहरु र नगरपालिकाहरु बीच सकारात्मक प्रतिस्पर्धा सिर्जना हुने गरी पुर्नसंरचना गर्न मापदण्ड तोकेको छ ।

स्थानीय तहको नामाकरण गर्दा सकेसम्म सर्वसम्मत रुपमा स्थानीय विशिष्टता, ऐतिहासिक स्थल वा पहिचानको निरन्तरता, हिमाल, नदी नाला, राष्ट्रिय विभूति, स्थानीय समुदायका विशिष्ट भाषिक, सांस्कृतिक पहिचान तथा धार्मिक सम्पदालाई आधार लिई गर्न सकिने व्यावस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend