साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान मंसिर ७ ।
गौमुखी गाउँपालिका प्यूठानको आयोजनामा एक कार्यक्रम बीच खाल सामुदायिक स्वास्थ्य इकाई खुङको उद्घाटन गरिएको छ ।
गौमुखी गाउँपालिका ५ खुङका वडा अध्यक्ष हुम बहादुर के सि को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले उद्घाटन कार्यक्रममा बोल्दै विकट तथा ग्रामीण क्षेत्रका पिछडिएका एवम स्वास्थ्य सेवा बाट बन्चित बस्तीका स्थानीयबासीहरुलाई लक्षित गरि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको र गौमुखिका बासिन्दाहरुले कसरी भरपुर सेवा लिन सकिन्छ भन्ने हाम्रो चासो रहेको र अहिलेसम्म गौमुखी गाउँपालिका भित्र ६ वटा स्वास्थ्य चौकी,१ आधारभूत स्वास्थ्य चौकी , ८ वटा सामुदायिक स्वास्थ्य इकाई बाट सेवा प्रवाह गरिएको र असार महिना देखि विशेषज्ञ सहितको एम बि बि एस डाक्टर बाट सेवा प्रदान गरिएको एक्सरे सेवा संचालन हुँदै आएको र यो बर्ष गौमुखीमा १५ शैयाको हस्पिटल निर्माण हुने र संस्था संरक्षणमा समुदायले अहम भूमिका खेल्नु पर्ने बताउनु भयो ।
सो कार्यक्रममा उपाध्यक्ष तुलसी सुनार प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थी ,स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसी लगायतले स्वास्थ्य संस्थाको बारेमा आ आफ्नो भनाइ राख्नु भएको थियो भने कार्यक्रमको संचालन केशव के सि ले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend