logo
  • सोमबार, असोज १२ २०८३

खर्वाङमा पहिलो पटक सहकारीद्वारा सुपथ मुल्यमा रसायनिक मल विक्रि वितरण सुरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ मंसिर ६।
बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा रहेको मिलन व्यवसायीक कृषि सहकारीले दैनिकि सेवा सहित कृषकहरुको लागि रसायनिक मल वितरण सुरु गरेको छ। यस अघि मासिक कारोवार गर्दै आएको सहकारीले मंसिर ५ गते देखि दैनिक सेवा सुरु गरेको सहकारीका अध्यक्ष दिन बहादुर केसिले जानकारी दिनुभएको छ।

सहकारीले नयाँ कार्यालयको व्यवस्थापन समेत गरि सेवा विस्तार गरेको हो। हालको लागि नियमित कारोवार सहित कृषकहरुको लागि युरिया, डिएपि, पोटास, बोरान लगाएतको रासायनिक मल सुपथ मुल्यमा वितरण सुरु गरिएको अध्यक्ष केसिले जानकारी दिनुभएको छ। व्यवसायीक रुपमा कृषि गर्ने कृषकहरुको लागि सहजिकरण सहित लगानी गरिरहेको सहकारीले वचत तथा ऋणको कारोवार समेत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend