logo
  • सोमबार, असोज १२ २०८३

कपिलवस्तुको सिमाक्षेत्रमा राँगाको तस्करी बढ्याे


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अंकुश श्रीवास्तव,कपिलवस्तु मंसिर ६ ।

आठ महिनादेखि जिल्ला भन्सार बन्द रहेपनि खुला सिमानाका कारण बैकल्पिक बाटाे प्रयाेग भई रांगा तस्करी माैलाउदै गएकाे छ । काेराेना संक्रमण बढ्ने खतराका कारण नेपाल-भारत सिमा र भन्सार बन्द रहेकाले चाेरी पैठारी बढ्नुका साथै रांगा तस्करी समेत बढ्दै गएकाे छ ।जिल्लाकाे कृष्णनगर,महराजगंज र विजयनगर स्थानिय तहसंग सटेका भारतिय सिमाबाट अवैध रुपमा रांगा तस्करी हुँदै गरेकाे स्राेतले जनाएको छ । कृष्णनगरकाे कुकुरभुकवा, डुमाई ,बगहि, भिल्मीलाई बैकल्पिक बाटाे बनाई अवैधरुपले सिधै बहादुरगंजमा पुग्ने गरेका छन भने लक्ष्मीनगर,सिर्सिहवां, ठकुरापुर हुँदै बंसवरियामा एकत्रित भई पुन: बहादुरगंज पशु बजार पुग्ने गरेका छन । महराजगंजकाे सतभरा, कुशहवा, हर्दाैना हुँदै पनि छिटपुटरुपमा रांगाहरु भित्रिने गरेका छन । बहादुरगंजमा साेमबार पशु बजार लाग्ने गरेकाले अाइतबार रातिसम्म वरपरका बगैँचा अथवा खुला चाैरमा रांगाहरुलाई एकत्रित गरि साेमबारिए बजारमा रवान्ना बनाउने गरेका छन ।

नेपाल छिर्ने बित्तिकै पशु निराेगिता प्रमाणपत्र पाउंदै गरेकाले रांगा तस्करी राेक्न झनै अफ्ट्यारो बन्दै गएकाे हाे । राति २ बजेसम्म खटेपनि हामी अवैध रांगा समाउन सकेका छैनाैं , सुचनाहरु धेरै प्राप्त भए तर तस्कर र रांगा भेटाउन नसकेकाे प्रहरी निरिक्षक सुकदेव पाैडेलकाे भनाई छ । केही तस्करहरुले आफु संगै पशु निराेगिता प्रमाण लिएरै हिड्दै गरेकाे एकजना रांगा डाेर्याउने क्यरियरले नै बताए । उनी भन्छन नेपाल सिमा कट्नेबित्तिकै पहेँलो कागज हातमा अाउंछ र त्यसपछि भित्र लाइन सेटिङकाे आधारमा निश्चित रुट हुँदै दशदेखि पन्द्रह रांगाहरु एकसाथ डाेर्याएर बजार पुग्ने गरेका छाैं ,धेरैजसाे नबालकहरु नै याे कामका लागि सक्रिय छन । पहेंलाे कार्ड पाएपछि पशुक्वारेन्टाइन पनि अावश्यक ना रहेकाले धेरै समस्या नहुनेभएपछि अहिले नाकाबन्द भएसंगै तस्करहरुले बैकल्पिक बाटाे अपनाउदै अाएका छन ।साेमबारकाे बजारका दिन ५ देखि ८ गाडी रांगा लाेड हुन्छन भने त्यहि रवान्नामा हप्ताभरि कृष्णनगर नगरपालिका ८ मा पर्ने बिसाै बगिचा, शिवराज नगरपालिका वडा ७ जवाभारी र वडा ८ महुली, पिपरी लगायतका स्थानबाट समेत ट्रकमा लाेड हुने गरेकाे प्रत्यक्षदर्शि बताउँछन् । सिमाक्षेत्रमा गस्ती गर्दै आएकाे सशस्त्र प्रहरी बल कृष्णनगर , कर्मा र डालपुर बिओपी समेत आँखा चिम्लेर बसेकाले तस्करहरुकाे हाैसला बढदै गएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend